Shree Panchko Sewama – Hemanta Mishra

श्री ५ को सेवामा– हेमन्त मिश्र

760

Availability: 5 in stock

SKU: Shree Panch ko Sewama Categories: , Tags: ,

संरक्षण क्षेत्रको नोबेल पुरस्कार मानिने गेटी वन्यजन्तु संरक्षण पुरस्कार
विजेता एवम् तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषमा रही नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र बनाउने अवधारणामा योगदान दिएका व्यक्ति हेमन्त मिश्रको संस्मरणात्मक कृति हो- श्री ५ को सेवामा ।
मिश्रको निजी संस्मरण मात्र नभई संरक्षण क्षेत्रमा नेपालको सफलताको विवरण समेटिएको पुस्तक पनि हो यो । चुनौती हुँदाहुँदै पनि कसरी नेपालले प्राकृतिक संरक्षण क्षेत्र कायम गर्न सफल भयो ? र कसरी मानिसको जीविकोपार्जनलाई वातावरणीय संरक्षणसँग जोड्ने अभिनव दृष्टिकोणको नमुना नेपाल बन्यो ? यीमध्ये धेरै प्रश्नको जवाफ श्री ५ को सेवामा पुस्तकमा भेटाउन सकिन्छ ।
मिश्रले यस्तो बेला काम गर्ने मौका पाए, जति बेला नेपालमा संरक्षण क्षेत्रको अवधारणाका दिन सुरू भएका थिए । यही बेला विश्वका वैज्ञानिकहरूले यहाँको हिमालय क्षेत्रको अविश्वसनीय जैविक विविधता र यसलाई नेपालका लागि मात्र नभई विश्वकै लागि संरक्षण गर्न आवश्यक छ भनेर बुझ्न थालेका थिए ।
मिश्रको पुस्तक तत्कालीन नेपालको एउटा यस्तो रोमाञ्चक यात्रा हो, जहाँ तपाईं भेट्नुहुनेछ, सिकारीदेखि संरक्षणवादी शाह राजाहरूका प्रसङ्ग, काठमाडौ आएका हिप्पी मात्र होइन, हात्ती र बाघका रोचक कथा । अनि भेट्नुहुनेछ, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना गर्दाका तगारोका विवरण पनि रमाइला पात्र र हाँसउठ्दा किस्साहरूले भरिएको यो पुस्तक अलिकति इतिहास, अलिकति आत्मकथा र अलिकति प्रकृतिको घोषणापत्र हो ।

Shree Panch ko Sewama – Hemanta Mishra

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Katha Jastai Kathaharu
    Remove
    Surrounded by Liars
    Surrounded by Liars - Thomas Erikson
    Qty: 1
    Price: 1,120
    Remove
    Gaddi
    96 Gaddi - Prasash Tiwari
    Qty: 1
    Price: 495
    Remove
    Ashwomegha Yagyaka Ghodaharu
    Remove
    Aama ra Logne
    Aama ra Logne - Ram Kunwar
    Qty: 1
    Price: 525
    Remove
    Baghko Astu
    Baghko Astu - Hemanta Mishra
    Qty: 1
    Price: 640
    Remove
    Shop Ratna Online
    Right Menu Icon