Yatra Amerikako Maya Nepalko – Ghanshyam Rajkarnikar

यात्रा अमेरिकाको माया नेपालको – घनश्याम राजकर्णिकार

  • Yatra Amerikako Maya Nepalko
  • Ghanshyam Rajkarnikar
  • Dikura Publication
  • Nepali
  • 208 pages

299

Availability: 5 in stock

SKU: Yatra Amerikako Maya Nepalko (RBD) Categories: , Tags: ,
विषय र प्रस्तुतिका दृष्टिले लोकप्रियताको शिखर चुम्न सफल यात्रा अमेरिकाको : माया नेपालको नियात्रा कृतिले नेपाली नियात्रा साहित्यको परंपरामा गौरवशाली इतिहास बनाउन सफल भएकोमा यसका सर्जक नियात्राकार घनश्याम राजकर्णिकारप्रति हार्दिक शुभेच्छा एवं बधाई ज्ञापन गर्दछु ।
नेपाली यात्रा साहित्यमा विदेशका सामग्री अत्यधिक प्रयोग गर्नेहरूमध्ये घनश्याम राजकर्णिकार
अग्रपङ्क्तिमा पर्दछन् । त्यसैले उनलाई नियात्राका घनश्याम राजकर्णिकार ।
विशिष्ट सर्जक भनेर मुल्यांकन गर्दै आइराखिएको
हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयभित्र गोता मार्दै सहज, सरल र संवेद्य किसिमले नियात्राहरूको एकपछि अर्को आयोजना गर्दै जान राजकर्णिकारको उल्लेखनीय प्राप्ति हो।
घनश्याम राजकर्णिकारले विदेश जतिसुकै वैभवशाली भए तापनि त्यो रमाउने पानीको फोका समान मात्रै हो भनी आफ्नो दृष्टिकोण सशक्त किसिमले व्यक्त गरेका छन् । आफ्नो स्वदेशभन्दा महिमाशाली विदेश कदापि हुन सक्दैन भन्ने अन्तर्महत्त्वलाई उनले ठाउँ ठाउँमा प्रस्ट्याएका छन् । यस नियात्रा सङ्ग्रहको सबैभन्दा उल्लेख्य उपलब्धि यही नै हो । नियात्राकारले जुन जुन ठाउँहरूको भ्रमण गरेका छन् ती-ती ठाउँहरूको वर्णन शिक्षाप्रद ढङ्गबाट गरेका छन् । यात्राविवरणलाई मनोरञ्जनात्मक तुल्याउन उनी एकदमै सफल भएका छन् । आफ्ना नियात्राहरूमा सांस्कृतिक विषयको आयोजना गर्नु राजकर्णिकारको अर्को नियात्रात्मक विशेषता हो । जुनसुकै ठाउँको यात्रा गरे तापनि उनी सांस्कृतिक विषयबाट तानिने गर्दछन् । तसर्थ यस नियात्रा संग्रहभित्र पनि उनी अमेरिकाको संस्कृति र नेपालको संस्कृतिमा तुलनात्मक रूपमा गोता मार्दछन् र पूर्वीय संस्कृतिको वैशिष्ट्यलाई शिरमा राखेर मुक्तकण्ठले प्रशंसा गर्दछन् । यिनै विषयले गर्दा नै यो कृति पठनीय र सङ्ग्रहणीय बन्न पुगेको छ । राष्ट्रियता र देशभक्तिको भावनाले आप्लावित यात्रा अमेरिकाको : माया नेपालको नियात्रा कृतिले नेपाल र अमेरिका वीच सेतुको काम गरेको छ ।

Yatra Amerikako Maya Nepalko – Ghanshyam Rajkarnikar

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Yayawar
    Yayawar - Kahlil Gibran
    Qty: 1
    Price: 125
    Remove
    Shop Ratna Online
    Right Menu Icon