Pabitra Samjhana Aamako – Ghanshyam Rajkarnikar

पवित्र सम्झना आमाको– घनश्याम राजकर्णिकार

280

Availability: 5 in stock

SKU: Pabitra Samjhana Aamako Categories: , Tags: ,

कतिपय स्मृतिहरू विस्मृतिमा जान्छन्, कतिपय स्मृतिहरू चाहिँ संस्मरणको ज्योति बनेर युगयुगसम्म प्रदीप्त भइरहने गर्दछन् । शाश्वत र सार्वकालिक स्मृतिहरूले
राम्रो लेखक पाए भने ती वाङ्मयको बगैंचामा नयाँ- नयाँ फूलहरू बनेर मग्मगाइरहन्छन् पनि । घनश्याम राजकर्णिकारको ‘पवित्र सम्झना आमाको’ यस्तै संस्मरणात्मक विशेषताले भरिएको कृति हो । उनले आमाको बिम्बलाई ग्रहण गरेर मातृत्वको महत्व दर्साएका छन् । संस्मरणात्मक साहित्यमा सिद्धि प्राप्त गरिसकेका राजकर्णिकारले आफ्नो व्यक्तित्व विकासमा आमाले पुऱ्याएको योगदानलाई विनीतभावद्वारा मुक्तकण्ठले गाएका छन् । नितान्त पारिवारिक जीवनका घटनाक्रम, वा तत्कालीन समयका विविध विषय र प्रसङ्गहरू हुन् तिनलाई यहाँ संस्मरणात्मक सीप र कारिगरीद्वारा आकर्षक र मनमोहक गराइएको छ । त्यति मात्र होइन आमाको बिम्बात्मक संवेदनालाई मातृवात्सल्यको महनीय सुकीर्तिद्वारा साधारणीकरण गरिएकाले यस कृतिको अध्ययन गर्ने जोकोही पाठक अश्रुपुरित नयन लिएर मातृभक्तिले आप्लावित नभइरहन सक्दैनन् । यो नै संस्मरणकार घनश्याम राजकर्णिकारको लेखकीय पहिचानको विशिष्ट पक्ष हो र यस कृतिले प्राप्त गरेको उच्चतम सफलता पनि हो ।
Pabitra Samjhana Aamako – Ghanshyam Rajkarnikar

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon