Sena Maobadi Yuddhalai Farkera Herda – Prem Singh Basnyat

सेना माओवादी युद्धलाई फर्केर हेर्दा– प्रेमसिंह बस्न्यात

500

Availability: 5 in stock

SKU: Sena Maobadi Yuddhalai Farkera Herda Categories: , Tag:

डा. प्रेमसिंह बस्न्यात नेपाली सेनामा विद्यावारिधी हासिल गर्ने पहिलो व्यक्ति हुन् । लेखकले स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट चार विषयमा स्नाकोत्तर उपाधि प्राप्त गरेका छन्। वि.सं. २०७९ को सेना दिवसको दिन नेपाली सेनाको इतिहास, संस्कार र संस्कृतिको खोज, अनुसन्धान गरी प्रकाशन गरेवापत कदर स्वरूप प्रधानसेनापति महारथी प्रभुराम शर्माबाट नेपाली सेनामा पहिलो पटक उत्कृष्ट भूतपूर्व सैनिक सम्मान र रू.३ लाखसहित लेखकले प्रशंसा पत्र प्राप्त गरेका थिए। यो पुस्तकबाहेक सैनिक, परराष्ट्र तथा अन्य विविध विषयसँग सम्बन्धित नेपालीमा १२ र अङ्ग्रेजीमा ६ वटा गरी जम्मा १८ वटा पुस्तकहरू प्रकाशन भइसकेका छन् भने अन्य विषयसँग सम्बन्धित १७० भन्दा बढी लेखहरू विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरूमा प्रकाशित छन् । लेखक लसान नर्मल युनिभर्सिटी, चीनको गेष्ट प्रोफेसर, ट्रम्शो युनिभर्सिटी, नर्वेको भिजिटिङ प्रोफेसर, नेपाली सेनाका विभिन्न शिक्षालयहरूको भिजिटिङ प्रोफेसर र नेपाली सेनाबाट बिट्रिश चेभनिङ स्कलरसिप प्राप्त गर्ने पहिलो व्यक्ति पनि हुन् । यस पुस्तकमा लेखकले वि.सं. २०५९ देखि २०६२ सम्म आफूले भोगेका र देखेका द्वन्द्वकालीन यथार्थ अवस्थाको चित्रण आफ्नै भाषा, लय, शैली, भाषिक शुद्धता र सत्यतामा अडिग रही यस पुस्तकको सम्पूर्ण जिम्मेवारी स्वयम्मा सीमित राखी पाठकसमक्ष प्रस्तुत गरेका छन् ।
– प्रकाशक
पुस्तकांशबाट
केही जर्नेलले त सेनाको अप्रेसनको खबरसमेत दिएर माओवादीलाई गुण लगाए र सेना मराए । ती मध्ये केहीले माओवादीबाटपछि पुरस्कार पनि पाए । नेपाली सेनाका ठुला जर्नेलहरूले गरेका पत्याउनै नसकिने एउटा घटना के हो भने थुनामा रहेका माओवादीकै खबरअनुसार सो माओवादीलाई लिएर ललितपुरको सानेपामा कुनै सुरक्षित घरमा रहेका माओवादी नेता रामबहादुर थापा ‘बादल’लाई नेपाली सेनाको विशेष टोलीले पक्रन जाँदा सो घरको चारैतिर नेपाली सेनाको पहरा देखियो । एकैछिनमा सो बारेमा छिमेकीसँग बुझ्दा नेपाली सेनाका दुई तारे जर्नेलको घर रहेछ र उनैले बादललगायतका माओवादीहरूलाई आफ्नो घरमा लुकाएर राखेका रहेछन् । सो घर जर्नेलको भए तापनि उक्त विशेष फौजले जर्साबको घरमै छिरेर कारवाही गर्न माथिल्ला जर्नेलहरूको तहमा अनुमति माग्दा अनुमति पाउन सकिएन । फर्कने आदेश भयो । सेनाभित्रै “माओवादी जर्साब” रहेको अवस्थामा प्रचण्डपथ सफल हुनु कुनै आश्चर्य रहेन ।
Sena Maobadi Yuddhalai Farkera Herda – Prem Singh Basnyat

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Aarya
    Aarya - Laxman Sitaula
    Qty: 1
    Price: 220
    Remove
    Dwandwa ko Awasan
    Remove
    Vimukti
    Vimukti - Malla K. Sundar
    Qty: 1
    Price: 455
    Remove
    Antim Paat
    Antim Paat - Narayan Dhakal
    Qty: 1
    Price: 655
    Remove
    The Trumpet of the Swan
    Remove
    Aamababuka Prashna
    Aamababuka Prashna - Gijubhai
    Qty: 1
    Price: 299
    Remove
    Shop Ratna Online
    Right Menu Icon