एउटा लेखक साहित्यमा अनैतिक सत्ताको विरोध त गर्छ, तर सरकारद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दिइने ‘आसचपु’ वा पुरस्कार लिन पनि उत्तिकै मरिहत्ते गर्छ । अनि, अर्को आख्यानकार महान् गणतन्त्रको पक्षधर बन्छ, तर पञ्चायतले बिटुलाएको प्रज्ञा-प्रतिष्ठानको जुठो टपरी चाट्न त्यत्तिकै लुब्ध हुन्छ ।
एक दिनको कुरा हो, सेतो बिरालो र ढाडेमुसो आमनेसामने भए । दुवैले एकअर्कालाई घुरे, मानौं, ती हाम्रो टोलका नामुद दुई गुन्डा हुन् । आँखा जुधाउन थालेको केही बेरमै सेतो बिरालो टिक्न सकेन । उसले आँखा हटायो र लुरुक्क आफ्नो बाटो लाग्यो । त्यसपछि हाम्रो ढाडेमुसो पनि शान्त देखियो। मुसो र बिरालोबीच दृष्टि-द्वन्द्वको यस्तो दृश्य देखेर मैले मानव इतिहासको एउटा कुरूप अध्याय शीतयुद्धलाई सम्झिएँ ।
उत्पातै दुब्लो भएकाले ऊ टोलभरि हड्डी महाराजको नामले प्रख्यात थियो । फुटबल जगत्मा महावीर एघारको जगजगीको जमाना थियो, त्यो । महावीरको खेल भनेपछि ऊ सबथोक छोडेर त्यहाँ पुग्थ्यो । डिल्लीबजारियाहरूको अरू टोलसँग भएका अधिकांश झगडामा हड्डी महाराजको चकचकको देन धेरै रहन्छ भन्ने एक प्रकारको मान्यता नै बनिसकेको थियो ।
Antim Paat – Narayan Dhakal
Reviews
There are no reviews yet.