Riktha Ra Itihas – Mahesh Raj Panta

रिक्थ र इतिहास

  • Year: 2083 BS
  • Paperback

US$8

Availability: 5 in stock

SKU: Riktha Ra Itihas Categories: , ,

हाम्रा चाडबाड र पुरावस्तु आदिको वास्तव विश्लेषण प्रामाणिक स्रोतको परिशीलनबाट मात्र सम्भव छ । यही धारणाले अनुप्राणित भई लेखिएका १७ वटा लेखको सँगालो यो हो । यसमा घोडेजात्रा, बिस्केट, जनैपूर्णिमा र दसैँको विश्लेषण प्रामाणिक ढङ्गले गरिएको छ । तिलगङ्गा र लाजिमपाटका त्रिविक्रममूर्तिको, अंशुवर्माको शिलालेखमा चर्चित रामेश्वर र पर्वतेश्वरको, फर्पिङको झङ्केश्वरीमूर्तिको प्राचीनता, गौरीमूर्ति, मखनटोलको गरुडमूर्ति र त्यसको पीठमा कुँदिएको शिलालेखको विवेचना पनि यस पुस्तकमा परेको छ । पनौती शहर, काष्ठमण्डप र रानीपोखरीको विषयमा विवेचना गरी लेखिएको यस पुस्तकका थप आकर्षण सिँजाका राजा पृथ्वी मल्लले लेखाई इटुंबहालमा अर्पण गरेको प्रज्ञापारमिता, प्रताप मल्लले तयार गर्न लागेको तीर्थयात्रासम्बन्धी पुस्तक हुन्। यस पुस्तकको अर्को वैशिष्ट्य देवमूर्तिको रूपमा मनुष्यमूर्तिको र देवमूर्तिसँगै मनुष्यमूर्तिको प्रतिष्ठापनसम्बन्धी लेख हो ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    Your Cart
    Empty Cart