लासा र सिगात्सेका दरबार र गुम्बाहरू घुम्दा होस् वा बेइजिङका लामा मन्दिर र श्वेत चैत्यको परिक्रमा लगाउँदा, त्यहाँ नेपाली कलाको स्पष्ट सुवास आउँछ । ग्रेटवालदेखि सियानका बौद्ध मन्दिरहरूसम्म हाम्रो रुजना लिपि कुँदिएको भेटिन्छ । काठमाडौँमा विकसित वज्रयान बुद्ध धर्मको प्रभाव त्यहाँ यत्रतत्र देखिन्छ ।
यस्तो किन भयो भने- नेपालले कुनै बेला गङ्गातट र तिब्बती पठारलाई, पटना र पोतालालाई, बनारस र बेइजिङलाई जोड्ने भूमिका खेलेको थियो । काठमाडौं उत्तर-दक्षिण अन्तरदेशीय व्यापारको केन्द्र ‘अन्द्रो’ बनेको थियो । यो ठाउँ भारत-भोट-चीनबीच ज्ञान र प्रविधि आदानप्रदानको सङ्गमस्थल भएको थियो । भारतबाट सक्खर (चिनी) बनाउने विधि चीन जाँदा होस् वा चीनबाट कागज बनाउने विधि भारत पुग्दा, नेपाल नै त्यसको माध्यम थियो ।
यताबाट बुद्धकों विचार हिमालपारि गएको थियो; उताबाट माओको राजनीतिक विचार यता आएको थियो धर्म, कला, व्यापार र विद्रोह हिमालपार सम्बन्धका अभिन्न अङग बनेका थिए ।
यस पुस्तकले मूलतः चीनतिर चियाउँदै दुई ठूला छिमेकीबीच नेपालको 1/ कॅरिब १,५००/- वर्ष उथलपुथलपूर्ण यात्रालाई केलाएको छ । लेखक सुधीर शर्माले गरेका स्थलगत भ्रमण, स्रोतव्यक्तिहरूसँगको अन्तर्वार्ता, अप्नोप्य दस्तावेजहरूको विश्लेषण र थुप्रै शोध सामग्रीहरूको अध्ययन पुस्तकमा प्रतिबिम्बित हुन्छ ।
Rakhuko Etihasik Ruprekha – Balipkumar Malla
Rakhuko Etihasik Ruprekha – Dalipkumar Malla
राखूको ऐतिहासिक रूपरेखा– दलिपकुमार मल्ल
₨450
Availability: 3 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet