खस राजा क्राचल्लका उत्तराधिकारी राजा अशोक चल्ल पनि पराक्रमी थिए। उनका छोरा जितारी मल्ल आफनो पूर्वज झैं पश्चिमतिर मात्र विजय नगरी पूर्वतिर पनि बढे। पूर्वतिर बढने क्रमका उनले काठमाडौं उपत्यकालाई वि.स. १३४४, १३४५ र १३४६ मा आक्रमण गरेर नेपालको केन्द्रलाई आफ्नो अधिनमा पारेर त्यहाँबाट प्रशस्त धन उठाएर उनी सिंजातिर फर्केका ऐतिहासिक दस्तावेजले प्रमाणित गरेको छ। त्यही क्षेत्रभित्र पर्ने यो ‘राखू’ राज्य पनि जुम्लाको करदमा थियो । यो राज्य जुम्लाको करदमा भए तापनि यो क्षेत्रमा थापा वंशजहररूको राज्य एक शक्तिशाली राज्यमा गनिएको थियो ।
पर्वतको इतिहास स्थापना हुनुभन्दा अघि यो क्षेत्र सोलेपूर्व पर्वतमा धेरै जसो खस क्षत्रीहरूको राज्य थियो। पछिका नयाँ कोट बाहेक पुरानकोटहरूमा भुरे राजाहरूको राज्य थियो। गलकोट, चन्द्रकोट, बिउंकोट, ताकुमकोट, ज्यामरुककोट, ढोरलठानाकोट, राखुकोट, डाँडाकोट, बाजुङकोट र मुस्ताङमा धेरै भुरे राजाहरू थिए। जसमा ‘राखू’ पनि यिनै भुरे राजा थापाहरूको राज्य थियो।
यो ‘रुइसे दरबार’ कृति पनि पर्वत राज्य भित्र गाभिएको राज्य हो। पर्वत राज्यभित्र गाभिनु भन्दा अघि राखू राज्यभित्र रहेका रुइसे दरबारको प्रशासनिक व्यवस्था, धार्मीक सामाजिक चाल चलन, राजनैतिक दाउपेज र छिमेकी राज्यसँगका कुटनैतिक प्रयासका सँगै पर्वत राज्य विस्तारको क्रममा गरेका राजनैतिक, धार्मीक तथा कुटनैतिक पहल र प्रयासका सँगालो हो। अहिलेसम्म यथावत रहेका ऐतिहासिक तथा पुरातात्विक रूपमा रहेका भौतिक संरचना र समाजको गर्भभित्र लुकेका सामाजिक “लोककृतिलाई उजागरण गर्ने एक सामाजिक ऐतिहासिक उपन्यास हो ।
Ruise Durbar – Dalipkumar Malla
Ruise Durbar – Dalipkumar Malla
रुइसे दरबार – दलीपकुमार मल्ल
₨425
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet