Parshwadhwoni – Resham Birahi

पाश्र्वध्वनि–रेशम विरही

  • Year: 2082 BS
  • Edition: 1
  • 336 pages
  • Paperback

795

Availability: 5 in stock

SKU: Parshwadhwoni Categories: , , Tag:

कविता, निबन्ध र उपन्यास लेखनमा रेशम विरहीको धेरै अर्थमा धावापूर्ण
निरन्तरता छ । वास्तवमा एउटै विधामा आक्रान्त बनिरहने दोयम लेखक लाग्दैनन् रेशम विरही । रेशम विरहीमा अभिव्यक्तिको अत्यधिक छटपटी देखिन्छ । त्यसकारण उनको लेखनले विधाहरूको स्तरीय परिभ्रमण गरिरहेको छ । यसरी हेर्दा रेशम विरही जत्ति कलात्मक र वैचारिक उचाइका कवि हुन् त्यत्तिकै प्रवाहपूर्ण समकालीन चेतका विद्रोही निबन्धकार पनि हुन् भन्ने प्रतीत हुन्छ । यी दुवै विधा अर्थात् कविता र निबन्ध लेखनको बलियो अनुभवले उनको उपन्यास लेखनलाई निकै सघाएको र बल दिएको देखिन्छ । यसको पहिलो साक्ष्य थियो उनको बहुचर्चित उपन्यास प्रेमदासको डायरी । यसको चर्चाको उचाइ र फैलावटले उनको निकै उत्साहवर्धन गरेको थियो । लाग्छ, त्यसको अर्को स्तरीय परिणाम हो पार्श्वध्वनि ।
रेशम विरही नेपाली भूगोल, समाज, राजनीति, पत्रकारिता र साहित्यमा निकै लामो जीवन भोगिसकेका साहित्यकार हुन् । उनको लेखनमा ती सब क्षेत्रहरूको अनुभवको प्रचुर प्रासङ्गिक उपयोग र ओज देखिन्छ । लेखन अनुभव, दृष्टि र अध्ययनको कलात्मक चेतको उपज त हो नै । आफ्नो समाज, देश र राजनीतिप्रति प्रतिबद्ध एउटा इमानदार लेखक आफ्नो दृष्टि र अनुभवबाट विमुख भएर लेख्दैन नै । यसकारण रेशम विरहीको लेखनमा ढाँट र स्वाँग बिलकुल छैन । उनलाई पढ्दै गर्दा उनको मथिङ्गलमा जीवन भोगाइ र वैचारिक असन्तुष्टिको ताप प्रशस्त गुम्सिएको महसुस हुन्छ । हिउँदको सौम्य अन्तर्वेगको नारायणी स्वाभाविक, सहज र रुचिकर गतिको शैलीमा बगेको यस उपन्यासमा उनका ती सब अनुभव र असन्तुष्टिको ताप रूपक, बिम्ब र खरो यथार्थको कथानक स्वरूपमा सर्लक्क उत्रिएको देखिन्छ । विशेष गरी सुन्दर महानदी नारायणी क्षेत्रको प्रकृति र यसको मध्यभूमि चितवन र यस वरपरको मोफसलको भूगोल र समाजलाई केन्द्रमा राखेर लेखिएको यो आख्यान पढेपछि भन्न कर लाग्छ इतिहास, समाज, राजनीति र औपन्यासिक कलाबोधको रोचक उपज हो पार्श्वध्वनि । राजनीति, इतिहास र सचेत प्रेम सम्बन्ध विषयक प्रयोगपरक यो आख्यान नेपाली उपन्यास लेखनको साहित्यिक परम्परामा खास स्थान पाउन अत्यन्त अभिलाषी छ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    What It Takes To Be Free
    Remove
    Hajarau Bijaya
    Remove
    Junu Learns to be brave
    Remove
    Namratako Cardigan
    Remove
    Nebasas Prerana Punja
    Remove
    Road to Better Habits
    Remove
    Debre Aankha
    Debre Aankha - Resham Birahi
    Qty: 1
    Price: 450
    Remove
    Shop Ratna Online
    Right Menu Icon