Mera Gaunko Khadakya Mantri – Gagan Singh Thapa

मेरा गाउँको खड्क्या मन्त्री– गगनसिंह थापा

300

Availability: 5 in stock

SKU: Mera Gaunko Khadakya Mantri Categories: , Tag:

गगनसिंह थापा
सुदुरपश्चिम अछामको पाटेखेतमा विसं. २००५ भाद्र ५ मा जन्मनु भएका गगनसिंह थापा कर्णाली र सुदुरपश्चिम क्षेत्रको इतिहास, भाषा, साहित्य र संस्कृतिको अध्येयता हुनुहुन्थ्यो । बि.सं. २०२९ मा कैलालीको खैरिफाँटामा अरुणोदय विद्यालय र विसं २०३३ मा कटाँसे बजारको संस्थापक मध्ये एक रहनु भएका थापाले त्यहाँ “सेती साहित्य सदन” स्थापना गरी विसं. २०३५ मा सोह्र सौगात संयुक्त कथासङ्ग्रह प्रकाशन गर्नु भएको थियो । थापाले त्यसपछि शिक्षण पेशा छोडी विसं. २०३५/३६ को प्रजातान्त्रिक आन्दोलनमा पूर्णकालीन रूपमा समाहित हुँदै त्यस क्षेत्रको सामाजिक उत्थानमा निरन्तर सक्रिय हुनुभएको थियो । पञ्चायत कालमा छ महिना कैलाली कारागारमा बन्दी जीवन बिताउनु भएका थापाले विसं. ०४५/४६ र ०६२/६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका निभाउनु भएको थियो । कैलाली जिल्ला विकास समितिको दुई कार्यकाल सदस्य रहनु भएका थापाको सामुदायिक वन विकास र पर्यावरण संरक्षणको क्षेत्रमासमेत योगदान रहेको थियो । उहाँका सबैजसो पुस्तकमा त्यही क्षेत्रका जनजीवन, समाज, संस्कृति र सभ्यताको जीवन्तता झल्किरहेको हुन्छ ।
कविता, कथाहुँदै आख्यानमा कलम चलाउनु भएका थापाका सोह सौगात (कथासङ्ग्रह, २०३५), कर्णालीको छेउछाउ (उपन्यास, २०७१), पुर्खाको चिट्ठी (उपन्यास, २०७२), मेरो मधुशाला (उपन्यास, २०७४), उज्ज्वली (लघु उपन्यास २०७६), महाप्रलय (उपन्यास, २०७७), मरुभूमिकी महारानी (लघु उपन्यास, २०७७) अस्ताचलको ढोकाबाट (उपन्यास, २०७९), र मेरा गाउँको खड्क्या मन्त्री (उपन्यास, २०८१) कृतिहरू प्रकाशित छन् । नरराजु मोबरा साहित्यिक पुरस्कार (२०७३) र सुदूरपश्चिम साहित्य पुरस्कार (२०७६) बाट पुरस्कृत थापाको बि. सं. २०७७ कार्तिक १९ गते काठमाडौँमा स्वर्गारोहण भएको थियो ।
Mera Gaunko Khadakya Mantri – Gagan Singh Thapa

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Kumari Shobha Anuradha
    Remove
    African Amigo
    African Amigo - Mahesh Bikram Shah
    Qty: 1
    Price: 250
    Remove
    Delhi Agra & Jaipur
    Delhi Agra & JaipurRare/Excl.
    Qty: 1
    Price: 600
    Remove
    Mahaparlaya
    Mahaparlaya - Gagan Singh Thapa
    Qty: 1
    Price: 695
    Remove
    Shop Ratna Online
    Right Menu Icon