Achhutko Ra Kasari – Kamala Hemchuri

अछूत को र कसरी– कमला हेमचुरी

150

Out of stock

Restock Email Notification

SKU: Achhut Ko Ra Kasari Categories: , Tags: ,

पुस्तक परिचय : बाबा साहेब डा. अम्बेडकरभन्दा अगाडि अछूतहरूको इतिहासमाथि लेख्ने काम भएकै थिएन । यस ग्रन्थको माध्यमबाट बाबा साहेबले सर्वप्रथम अछूतहरूको गौरवशाली इतिहासलाई दुनियाँसमक्ष राख्नुभयो । मूल रूपमा यो ग्रन्थ अङ्ग्रेजी भाषामा लेखिएको थियो, पछि हिन्दीमा पनि अनुवाद भयो र अहिले नेपालीमा प्रस्तुत भइरहेको छ, जसमा ब्राह्मणी शब्दहरू पूर्णतः लुप्त छन् । अछूतहरूको उद्गमस्थल खोज्ने काम पनि अहिलेसम्म भएकै थिएन, जसलाई बाबा साहेबले वैज्ञानिक, तार्किक, सूक्ष्म, दृष्टि एवम् युक्तिपूर्ण ढङ्गबाट प्रस्तुत गर्नुभएको छ । अछूतपनको मूल कारणको निष्कर्षमा बाबा साहेबले आफ्नो मत आफ्नै पूर्ण मेधाको उपयोग इतिहासको जंजिरको टूटेका कडीहरूलाई जोडेर स्थापित गर्नुभएको छ । उहाँले आफ्नो मत निर्भिक र निःसंकोच रूपमा प्रस्तुत गर्नुभएको छ । बाबा साहेबले सरलतापूर्वक सिद्ध गरिदिनु भएको छ कि ‘अछूत एवम् अपवित्र’ भिन्ना भिन्नै वर्ग समूह हुन्, एउटै होइनन् । यस्तै कैय्यन् स्पष्टीकरण यस पुस्तकमा देख्न पाइन्छ । प्रकाशक परिचय : समाजमा, हिन्दू धर्मको नाममा मनुस्मृति नामक क्रूर विधि-विधान निर्माण गरी जबर्जस्ती चातुर्वर्ण्य वर्ण व्यवस्था लादेर, बहुसंख्यक बहुजन समाजलाई जात-जाति अर्थात् शुद्र, अतिशुद्र (अछूत) पानी चल्ने र नचल्ने शुद्रमा विभाजित गरेर, उनीहरूको अस्तित्व र इतिहास नष्ट पारेर, हजारौँ वर्षदेखि पशुभन्दा पनि तल्लो स्तरको जीवन जिउन वाध्य पारेको यथार्थता विद्यमान छ; अन्याय-अत्याचार र शोषण-दमनको श्रृंखला कायमै छ । हो, यही बर्बर मनुवादी सामाजिक, धार्मिक र राजनैतिक सत्ताका विरुद्ध गौतम बुद्धको सम्यक दर्शन तथा शोषित-पीडितहरूका मुक्तिदाता बाबा साहेब अम्बेडकरको समतावादी विचार-धारामार्फत् बहुजन समाजलाई जाग्रत गराई उनीहरूलाई मनुवादी षड्यन्त्र र पाखण्डबारे बताउँदै, गौरवशाली अस्तित्व र इतिहासप्रति आत्मबोध गराउने उद्देश्यका साथै उनीहरूको मुक्ति र उत्थान हेतु समर्पित अभियान हो- बुद्ध अम्बेडकर जागरण मिसन

Achhut Ko Ra Kasari – Kamala Hemchuri

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Jaatko Binash
    Jaatko Binash - Kamala Hemchuri
    Qty: 1
    Price: 250
    Remove
    Shop Ratna Online
    Right Menu Icon