Jaatko Binash – Kamala Hemchuri

जातको विनाश– कमला हेमचुरी

US$2.50

Availability: 5 in stock

जात ईटाको पर्खाल या काडेतारको लाईन जस्तो कुनै भौतिक वस्तु होइन । जसले हिन्दुहरूको मेलमिलापलाई रोक्छ र जसलाई तोड्नाले समस्या समाधान हुन्छ । जात त एउटा धारणा हो र मानसिक स्थिति हो । अतः जात व्यवस्थालाई नष्ट गर्ने भन्ने अर्थ भौतिक रूकावटलाई हटाउने होइन । यसको अर्थ विचारात्मक परिवर्तनसंग जोडिएको छ ।
तर के पनि भन्न सकिदैन भने हिन्दुहरूले जात प्रथालाई यसकारणले मान्छन् ; किनभने उनीहरू मानवताको दुष्मन हुन या उनीहरूको दिमाग खराब छ । उनीहरूले जातलाई यसकारण मान्छन् ; किनभने यो नितान्त धार्मिक आस्था हो । जातपात मान्नुमा उनीहरूलाई दोषी मान्न सकिदैन् । मेरो विचारमा उनीहरूको धर्म नै दोषी हो जसको कारण जातको धारणाको जन्म भयो ।
यस्तो होइन कि हिन्दुहरूलाई पतित मानवताको उत्थानको कर्तव्यको भावना सिखाउन सकिदैन् । तर कठिनाइ के हो भने कुनै पनि अवस्थामा यिनीहरू जातको रक्षाको बारेमा आफ्नो कर्तव्यलाई भुल्न सक्दैनन् । यसकारण जात नै यस्तो मुख्य स्पष्टिकरण हो, जसको कारण हिन्दुहरू स्वंय सभ्य हुनाको बावजुद असभ्य जातिहरूलाई असभ्य नै रहन बाध्य बनाए र यसमा उनीहरूलाई नत लज्जा महसुस हुन्छ नत उनीहरूलाई नराम्रो लाग्छ । न उनीहरूलाई कुनै पश्चाताप छ । यदि यी असभ्य मान्छेहरू असभ्य नै रहे भने सायद उनीहरूबाट हिन्दुहरूलाई खतरा हुदैन् । तर यदि गैह्र हिन्दुहरूले यिनीहरूलाई अपनाए र उनीहरूलाई आफ्नो धर्ममा परिवर्तन गराए भने हिन्दुहरूको शत्रुहरूको संख्या बढ्ने छ । यदि यस्तो भयो भने त्यसको कारण भनेको स्वंय हिन्दुहरू र उनीहरूको जात प्रथा नै हुनेछ ।
नै
हिन्दुहरू मुसलमानलाई यो कारणले आलोचना गर्छन् किनभने उनीहरूले तलवारको बलमा आफ्नो धर्म फैलाए । उनीहरूले इसाई धर्मलाई पनि न्यायधिकरणको आदेशमा काम गर्ने धर्म भनेर उपहास गर्दछन् । तर हाम्रो अधिक आदरको पात्र भनेको क्रिश्चियन र मुस्लिमहरू नै हुन किनभने मुसलमान या इसाई जसले बलपूर्वक अनिच्छुक व्यक्तिहरूलाई त्यो सबै गर्नको लागि विवश गर्छन् जो उनीहरूको मुक्तिको लागि आवश्यक संझिन्छन् । तर हिन्दुहरूले ज्ञानको प्रकाशलाई फैलिन दिदैनन्, अरूलाई अध्यारोमा राख्ने कोशिश गरी रहन्छन्, आफ्नो बौद्धिक र सामाजिक दायित्व ती व्यक्तिहरूसंग मिलेर बाड्न चाहँदैनन्, त्यसैले मलाई यो भन्न कुनै संकोच छैन यदि मुसलमानहरूलाई क्रुर मानिन्छ भने हिन्दुहरूलाई पनि निक्रिष्ट मान्नु पर्छ र निक्रिष्टता क्रूरता भन्दा पनि अझै निन्दनीय हो । डा. भीमराव अम्बेडकर
Jaatko Binash – Kamana Hemchuri

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon