Suunko Pahad – Bishnu Bhandari

सुनको पहाड – बिष्णु भण्डारी

  • ISBN: 9789937705493
  • Publisher: Phoenix Books
  • First Publish Year: 2076 BS
  • Edition: 1
  • Cover: Paper Back
  • Category: Fiction Novels
  • Language: Nepali
  • Pages: 300
  • Weight(gms): 200

395

Availability: 5 in stock

SKU: Suunko Pahad (RBD) Categories: , Tags: ,
सुनको पहाड समकालीन नेपाली राजनीतिको पृष्ठकथालाई सन्दर्भमा लिएर आजको यथार्थप्रति सचेष्ट गराउने आख्यान हो । वर्तमानको बिडम्बनाबोध गराउन उपन्यासले लोककथात्मक अधिकल्पनालाई शैलीका रूपमा अँगालेको छ । आफन्तजन बेपत्ता हुँदा उत्पन्न हुने मनोदशालाई उपन्यासमा मिहिन ढंगले चित्रण गरिएको छ । बेपत्ताको खोजी, पहिचानको मुद्दा, समुन्नत समाजको परिकल्पना र माओवादी आन्दोलनलाई उपन्यासमा बहुरेखीय कथा वाचनमार्फत् सँगसँगै आगाडि बढाइएको छ ।
बिम्बात्मक र आलङ्कारिक प्रस्तुतिले पाठकलाई उपन्यास पढ्दा कविताको स्वाद प्राप्त हुन्छ । ‘म्याजिक’ शैलीमा बुनिएको भाषा ‘पोएटिक’ त छंदैछ, दृश्यात्मक प्रस्तुतिले ‘सिनेम्याटिक’ अनुभूति दिन्छ । उपन्यासमा पसेपछि जादुयी परिवेशले पाठकलाई सम्मोहित पारिराख्छ | कल्पनालाई यथार्थ र यथार्थलाई जादुसँग जोडिएको यो उपन्यास नेपाली आख्यानमा नयाँ प्रयोग हो । यसले नेपालको पछिल्लो राजनीतिक क्रान्ति र क्रान्तिको परिणतितर्फ मात्रै आकृष्ट गराउने छैन, क्रान्तिकारी स्वप्नद्रष्टाहरूका उद्देश्य र प्रतिबद्धता पुनःस्मृतिमा ल्याइदिनेछ ।

Suunko Pahad – Bishnu Bhandari

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Deception Point
    Deception Point - Dan Brown
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon