शालु’ ललिता ‘दोषी’ द्वारा लिखित शिक्षा र सन्देशले भरिएको उपन्यास हो । आदर्शवादी रोमान्टिक धाराको यस उपन्यासमा उपन्यासकारले आफ्नो उद्देश्य प्राप्त गर्नमा सफलता हासिल गरेकी छन् । आजको उच्च वा उच्च मध्यमवर्गीय तथाकथित अभिजात समाजका विकृतिहरूलाई ललिता ‘दोषी’ ले भावुक र मार्मिक बनाएर प्रस्तुत गरेकी छन् । आदर्श र अनादर्श पात्रको चित्रण गर्नु, तिनको द्वन्द्व प्रस्तुत गर्नु, तिनका आडम्बरी जीवनको प्रस्तुति र अन्त्यमा ती सबै पात्रहरूको आआफ्नो कर्मअनुसारको अन्त्य उपन्यासमा कौतूहलतापूर्वक प्रस्तुत गरिएको छ ।
उपन्यासमा शालु, थालनीदेखि अन्त्यसम्म उपन्यास रोचक छ । बौद्धिकताको भारी नबोकेर यसले सरस कौतूहलमय ढङ्गबाट आफ्नो कुरा भन्छ । उपन्यासमा कुलतका विरुद्ध एक अभियानजस्तै चलाइएको छ । त्यसै गरी पुरुषले गर्ने नारीको शोषण पनि प्रमुख मुद्दाका रूपमा उठाइएको छ । ठाउँठाउँमा भावुकताको आधिपत्यका कारण पाठकसमेत भावुकताको प्रभावमा बगेर आँखा रसाउन बाध्य हुन्छन् । उपन्यास यस रूपमा निकै सफल भएको छ । सरल र बगेको शैलीले गर्दा अनि कथावस्तुको राम्रो विकासका कारण उपन्यास लोकप्रिय बन्ने आशा गर्न सकिन्छ। यो उपन्यासको कथा अत्यन्त रोचक हुनाले यसमा एक सफल फिल्म वा टेलिशृङ्खला पनि बन्न सक्छ भन्ने मलाई विश्वास छ ।
अन्त्यमा पाठकमा ‘शालु’ उपन्यास एकदम लोकप्रिय हुनेछ भन्ने शुभकामना दिन चाहन्छु । यो उपन्यास नरोकिएर पढिसिध्याएँ। अन्य पाठकले पनि यसै गरी पढ्ने कामना गर्दछु ।
Shalu – Lalita Doshi
शालु– ललिता दोषी
- Year: 2082 BS
- Edition: 1
- 204 pages
- Paperback
₨450
Availability: 2 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.





Reviews
There are no reviews yet