सुभाष घिमिरे नेपाली साहित्य जगत्का उदीयमान स्रष्टा हुन् । अमेरिका अनुभूति (२०७९) डायरी, मौन विद्रोह (२०८०) उपन्यास र द साइलेन्ट रिबेलियन (२०८०) उपन्यासका लेखक घिमिरेले वीपी कोइरालाको अदालती बयानलाई नेपालीबाट अंग्रेजी भाषामा अनुवाद गरेका छन् । त्यसबाहेक लेखक घिमिरेद्वारा अनुवादित अन्य पुस्तकहरू पनि प्रकाशित भएका छन् । ‘सान्दाजु’ वी.पी. कोइरालाको जीवनकथामा आधारित उपन्यास हो । संयुक्त राज्य अमेरिकाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका सर्जक घिमिरेले नेपालबाट कृषि विज्ञानमा स्नातक गरेका छन् ।
“मलाई यसअघि मृत्युको डरले कहिल्यै भयभीत बनाएन । आफ्नै लागि त म मृत्युसँग अहिले पनि डराएको छैन । तर अहिले मृत्युको सम्भावना नजिकै छ भन्ने आभास हुँदा म व्यग्र बनेको छु । शीलाले त्यो पीडालाई कसरी झेल्न सक्ली ? मलाई माया गर्ने मानिसहरू कति विह्वल होलान् ? मेरा त्यति धेरै अपूरा कामहरू छन् । मेरो कल्पनामा धेरै कथा र उपन्यासका विषयवस्तुहरू छन् । एउटा उपन्यासको खेस्रा भर्खर सकेको छु । अब त्यसलाई साफी गर्नु छ । मेरा कैयौँ राजनीतिक योजनाहरू छन् । मृत्यु आइहाल्यो भने त मेरा सबै सपनाहरू, कल्पनाहरू, योजनाहरूमा पूर्णविराम लाग्नेछ ।
Sandaju – Subhash Ghimire
Sandaju – Subhash Ghimire
सान्दाजु– सुभाष घिमिरे
₨650
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet