“प्रजातन्त्रमा घरेलु पशुलाई पनि कुनै पनि राज्यलाई भन्दा बढी स्वतन्त्रता हुन्छ ।” एउटा उखान नै छ कि- “कुकुर्नी पनि आफ्नी मालिक्नी जस्तै सुन्दर हुन्छे।” यही घोडा र गधामा पनि समान रूपमा लागू हुन्छ । ती आफ्नो नानीअनुसार सडकमा मजाले दौडिन्छन् र बाटामा सबैले तिनका लागि बाटो छाडिदिनुपर्छ, अन्यथा तिनले कुल्चिन्छन् । धनीतन्त्रको अधोपतनबाट प्रजातन्त्रको विनाश हुन्छ । अतिशय एवम् उत्कृष्ट स्वतन्त्रताको प्रवृत्तिको त्यही रोगले प्रजातन्त्रलाई आक्रान्त पार्छ । यो सत्य हो कि कुनै वस्तुको अतिबाट एक प्रबल विपरीत प्रतिक्रिया उत्पन्न हुन्छ र यो प्रतिक्रिया ऋतुहरूमा मात्र हो इन वनस्पति र जनावरहरूमा पनि हुन्छ। शासन व्यवस्थामा त सबैभन्दा धेरै हुने नै भयो ।
राज्यमा अथवा व्यक्तिमा श्रुतिशय स्वतन्त्रताको प्रवृत्तिले चरम दासता फैलिन्छ । निरंकुशतन्त्र निश्चय पनि प्रजातन्त्रबाटै उत्पन्न हुन्छ । धनीतन्त्र र प्रजातन्त्रको समान दोष भनेकै अकर्मण्य र अपव्ययी वर्ग हुन् । यो वर्ग नै भाले माहुरी हुन्। जब यी दुई वर्ग कुनै राज्य उत्पन्न हुन्छन्, उनीहरू नगर राज्यका लागि घातक बन्दछन्, जसरी शरीरका लागि कफ र पित्तको प्रकोप । बुद्धिमान माहुरी पालकले जस्तै राज्यका कुशल चिकित्सक र विधि निर्माताले त्यस्ता व्यक्तिलाई सम्भव भएसम्म राज्यमा प्रवेश गर्नबाट सदाका लागि रोक्नुपर्छ ।
निरंकुशतन्त्रको व्यक्ति पियक्कड, कामुक र उन्मुक्त हुन्छ । प्रीतिभोज, पान, सुपारी, गोष्ठी, रमाइलो, वेश्यावृत्तिमा रम्छ। उसका आय जति शीघ्र व्ययमा परिणत हुन्छ । त्यसपछि ऋण लिन्छ । सम्पत्ति सिध्याउँछ। आयस्रोत सुक्छ र उसका लालसाहरू गुँडमा बसेका कौवाका बच्चा आहाराका लागि क्याउँ-क्याउँ गरी कराएझैँ वासनात्मक आवेगद्वारा उन्मत्त हुन्छन् तर तृप्त हुन सक्तैनन् । त्यसपछि उसले मातापिताको सम्पत्ति खोस्छ । त्यो पनि सिध्यायो भने चोर्न थाल्छ। यसरी उद्धारचारी बन्छ। अपराधी बन्छ । यस्ताको संख्या बढ्दै गयो भने उनीहरूले आफ्नो बीचबाट कुनै एकलाई चयन गर्छन् जो स्वभावैले अत्यन्त निष्ठुर हुन्छ। त्यसैलाई आफ्नो निरंकुश शासक चुन्छन् । दार्शनिक राजाको राज्य अत्यन्तै उत्कृष्ट हुन्छ भने निरंकुशको राज्य निक्रिष्ट ।
Platoko Ganarajya – Madhusudan Pandey
प्लेटोको गणराज्य– मधुसुदन पाण्डेय
- Year: 2082 BS
- Edition: 2
- 386 pages
- Paperback
₨795
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet