Nepali Yuddhasahitya – Bishnu Bhandari

नेपाली युद्धसाहित्य – विष्णु भण्डारी

700

Availability: 5 in stock

SKU: Nepali Yuddhasahitya (RBD) Categories: , Tags: ,

नेपाली युद्धसाहित्य’ नेपालको अखण्डता, स्वतन्त्रता र समतामूलक समाज निर्माणका लागि लडिएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको नेपाली साहित्यको खोजमूलक कृति हो । यस कृतिमा गोर्खा राज्यविस्तारका क्रममा भएका लडाइँ तथा मुगल, अङ्ग्रेज र तिब्बत / चीनसँग भएका युद्धमाथि लेखिएको साहित्यको अध्ययन गरिएको छ । साथै २००७ र २०१८ सालमा भएका प्रजातान्त्रिक सशस्त्र विद्रोह र माओवादी जनयुद्धका बेला लडिएका लडाइँ, तत्कालीन सामाजिक संवेदना र सत्तापक्षबाट गरिएको दमन र हत्याहिंसालाई आधार बनाएर लेखिएको साहित्यको पनि खोज र विवेचना गरिएको छ ।
लेखकका योभन्दा पहिले ‘विद्रोहको छाल (खण्डकाव्य, २०४३)’, ‘आँधी-तुफान (मुक्तक सङ्ग्रह, २०४४)’, ‘ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५)’, ‘कालो नाटक (लघुकाव्य, २०४५)’, ‘फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३)’, ‘देश जागेको बेला ( कविता सङ्ग्रह, २०६३)’, ‘उत्सर्ग (महाकाव्य, २०६७)’ र ‘घाइते ह्विलचेयर ( कविता सङ्ग्रह, २०६९)’ गरी आठ कविता / काव्य तथा ‘पहेँलो घाम (उपन्यास, २०७२) र ‘सुनको पहाड (उपन्यास, २०७६)’ गरी दुई आख्यान कृति प्रकाशित भैसकेका छन् । ‘नेपाली युद्धसाहित्य’ विष्णु भण्डारीको पहिलो गैह्रआख्यान हो।
Nepali Yuddhasahitya – Bishnu Bhandari

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon