Mero Kathaka Panaharu Khanda 2 – Ganeshman Singh

मेरो कथाका पानहारु खण्ड २ – गणेशमान शिंह

400

Availability: 2 in stock

SKU: Mero Kathaka Panaharu Khanda 2 - Ganeshman Shingh Categories: , Tags: ,

पहिलो खण्डका सम्वन्धमा
तत्कालीन नेपालको सामाजिक, आर्थिक तथा राजनितिक इतिहासलाई अन्यन्त रोचक ढंगले प्रस्तुत गरिएको गणेशमानजीको मेरो कथाका पानाहरु, उहाँको अठोट, आँट र संघर्षको परिचय दिने संस्मरणात्मक आत्मकथा मात्र होइन, यो नेपाली वाङ्मयको उत्कृष्ट ग्रन्थ पनि हो ।
प्रो. यदुनाथ खनाल
नेपालका वीर सपूतहरु धेरैले आफ्नो आत्मकथा प्रस्तुत गरेका छन् । गणेशमानजीले आफ्नो लोमहर्षक कथामा त्यागमय संघर्षका विभिन्न पक्षका साथै तत्कालिन नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक स्थितिको निष्पक्ष तथा निरपेक्ष विवरण अत्यन्त रोचक ढंगले प्रस्तुत गर्नुभएको छ । त्यसअर्थ यो जनताको इतिहासको यस्तो दस्तावेज हो, जसको अध्ययनविना नेपालको इतिहासको अध्ययन पुरा हुन सक्तैन ।

– प्रो. डा. तुल्सीराम वैद्य
वडो रोचक शैलीमा आफ्ना कुरा भन्ने गणेशमानजीको विशेषता थियो । त्यसको प्रतिफलका रुपमा यो पुस्तक निस्केको छ । भाषा ज्यादै नै परिमार्जीत छ । प्रवाहमय र कलात्मक शैलीमा लेखिएको छ । ….. …..वास्तवमा भन्ने हो भने शुरुका २५।२६ अध्यायसम्म पढ्दा यो कुनै मौलिक रोमाञ्चकारी उपन्यास पढेजस्तो लाग्छ, समग्र प्रस्तुति औपन्यासिक ढंगको छ र साहित्यिक दृष्टिले पनि यो उच्चकोटिको कृति हो ।

– डा. जयराज आचार्य
मेरो कथाका पानाहरु, गणेशमानजीले भन्नुभएको आफ्नो जीवनको वृत्तान्त उहाँको आफनो नितान्त व्यक्तिगत मात्र नभएर उहाँ बाँचेको कालावधि, त्यस अघि र पछिको एउटा ऐतिहासिक दस्तावेज हो । यो नेपाली समहित्यको इतिहासमा आत्म-जीवनी भनिने विधाको मात्र होइन, समुच्च वाङ्मयमा एउटा वेजोडको ग्रन्थ हुनेछ । कवि वैरागी काइला

गणेशमान सिंहको आत्मकथाको पहिलो भाग मेरो कथाका पानाहरु साहित्यिक गुणवत्ताका दृष्टिले यस विधामा नेपाली भाषामा लेखिएको कृतिहरु मध्ये सर्वोत्कृष्ट नै हो । …. उहाँको असाधारण शौर्य, ध्येयप्रतिको अविचलित निष्ठा, सरलता, उदारता र आफूलाई अकिञ्चन कर्मवीर देखाउन सक्ने लगभग दैवी गुणको अभिलेख पनि हो ।

Mero Kathaka Panaharu Khanda 2 – Ganeshman Shingh

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon