लामो समय पत्रकारितामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले ‘बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा’ लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । ‘महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद’, शिवअवतार गोरखनाथ दर्शन, महायोगी गुरु गोरखनाथ र नेपाल, खप्तडबाबाः एलोपेथिक चिकित्सकदेखि आध्यात्मिक यात्रा, नेपाल एकीकरणमा सिद्व भगवन्तनाथ पुस्तक प्रकाशित छन् ।
‘सहजमत’ प्राचीन चीनको धर्म ताओवादबाट अनुप्रमाणित माञ्दछन् । ताओ धर्म चीनियाँ जनताको प्राचीन धर्म हो । जसको प्रवर्तन लाओत्सेले ई.सं. पूर्व गरेका थिए । यसको मुख्य प्रचार च्वाङ्गत्सेले गरेका थिए । ताओमतको जीवन दर्शन सहज जीवन दर्शन हो । यसले सहज शुद्ध स्वभावमा विश्वास गर्दछ । ताओ, पूर्ण शून्य सँज्ञाहीन, स्वभावहीन, स्पहीन, नैरातम्य, तर्कातीत, ज्ञानातीत, सर्वसत्त्वमय, अर्थात् जगन्माता हुन् । यो नारी रूप हो । यसबाट स्पष्ट बुझ्न सकिञ्छ आज के हिन्दू, के बौद्ध, त्यति मात्र होइन, ध्यान, समाधि, तन्त्र, विज्ञानका गुरु मत्स्येन्द्रनाथ र उहाँका चेला गुरु गोरखनाथको प्रभाव र शिक्षा ताओदेखि कन्फ्युसियससम्म रहेको सप्रमाण आधारहरु पाइञ्छ ।
Matsyendranath – Arjun Gyawali
Matsyendranath – Arjun Gyawali
मत्स्येन्द्रनाथ– अर्जुन ज्ञवाली
₨699
Availability: 2 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet