Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Nepal Eakikaranma Siddha Bhagawantnatha – Arjun Gyawali
₨444.00
Availability: 1 in stock
लामो समय पत्रकारितामा आवद्ध अर्जुन ज्ञवाली, राष्ट्रिय-अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा राजनीतिक, धर्म-संस्कृति, राष्ट्रियता सम्बन्धमा कलम चलाइरहनुहुञ्छ । उहाँले ‘बैदिक साम्यवाद-योगीनरहरिनाथ, बाइबल र माओवाद, वर्णविन्यासघातीहरू कानूनको कठघरामा’ लगायतका पुस्तकहरूमा सहलेखन गर्नु भएको छ । ‘महायोगी गुरु गोरखनाथ अवतरण र नेपाल एकीकरण, नारायणहिटी हत्याकाण्ड सेना र माओवाद’, मत्स्येन्द्रनाथः इतिहास, दर्शन र संस्कृति, महायोगी गुरु गोरखनाथ र नेपाल, खप्तड स्वामी, बीपी बाइबल र काँग्रेस पुस्तक प्रकाशित छन् ।
सिद्ध गोरखनाथ पछि दाङका राजा रत्नपरीक्षक नाथ सम्प्रदायमा प्रवर्जित भई रत्ननाथ कहलाए। सिद्ध रत्ननाथले नाथ सम्प्रदायलाई अन्तराष्ट्रिय करण गराए। मक्काको हज गरेर यवनहरूलाई प्रभावित बनाए। हाजी रत्ननाथ कहलाए। पीर महन्तको उपाधि धारण गरे। सिद्ध रत्ननाथ पछि सिद्ध चन्दननाथले सपादलक्ष खसदेशको अवसानपछि जुम्ला राज्यको स्थापना गरेर नेपाललाई सम्हाले। सिद्ध रत्ननाथ पछि सिद्ध भगवन्तनाथले नाथ सम्प्रदायको मान्यतालाई राम्ररी थामे । डा. जगमान गुरुङ उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान
१) शिवगोरक्ष साहित्य अध्यावधिक गर्ने क्रममा विगतमा राज्यको प्राज्ञिक समूह किन र कसरी उदासिन रहन पुग्यो ? २) नेपाल पुनः एकीकरणमा सशक्त र सूक्ष्म रूपले शक्ति प्रदान गर्ने गुरु गोरक्षनाथ अनुग्रहका पक्षहरू किन ओझेलमा पारिए ? ३) प्रत्यक्ष गुरु गोरखनाथबाट राजधर्म र शक्तिपात दिक्षा प्राप्त श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको इतिहास किन मेट्न खोजिंदैछ ? ४) आध्यात्मिक र सूक्ष्म चेतनाका हिसावले नेपालको मात्र नभएर ‘निर्मल आकाश गङ्गा पवित्र क्षेत्र’ (ग्यालक्सी अफ युनिभर्स) मानिने कर्णाली राप्ति क्षेत्रमा धार्मिक, साँस्कृतिक भूगोल र परम्पराविरुद्ध त्यस क्षेत्रमा माओवादी हिंसा किन बढी केन्द्रीत भयो ? ५) के मुलुकले परिवर्तनका नाममा आफ्ना धार्मिक, साँस्कृतिक अधिकार र विरासत गुमाउनै पर्ने हो ?
Nepal Eakikaranma Siddha Bhagawantnatha – Arjun Gyawali
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.