समाज, संस्कृति र पर्यावरणबारे चासो धर्म, दर्शन र आदिसभ्यताबारे चिन्तन अनि जीवनका जरा-स्मृतिबोधले पोतिएका शब्दहरूमा विषयगत विविधता, वैचारिक संवेदनशीलता, प्रवाहशीलता, तार्किकता र भाषिक सौन्दर्य भूपिनका विशेषता हुन् 1
कविता र आख्यानका सशक्त शिल्पी भूपिन संस्मरण र नियात्राहरूमा भेटिएका पात्र, घटना र परिवेश चित्रणमार्फत काव्यिक आख्यानको सुस्वाद पस्किन्छन् ।
डेढ दशक यताको निबन्ध-चिन्तन र नेपाली तथा समग्र विश्वमानवको जीवनलाई दुई फक्लेटामा विभाजन गरिदिएका भुइँचालो एवम् कोभिड महामारीका आतङ्कमय परिवेशबीच भूपिनको जीवनवादी चिन्तनले पाठकलाई बाँध्नेछ ।
निबन्धकृति चौबीस रिलका लागि उत्तम शान्ति पुरस्कार २०६९ बाट पुरस्कृत भैसकेका भूपिनको यो कृतिले उनको चिन्तन र शिल्पमा आएको गाम्भीर्यलाई प्रस्तुत गरेको छ ।
बुद्धको देशमा मध्यको उज्यालोले निबन्धको नयाँ प्रकाश पक्कै छर्नेछ ।
Madhyako Ujyalo – Bhupin
मध्यको उज्यालो– भूपिन
- Year: 2082 BS
- Edition: 1
- 252 pages
- Hardback
₨800
Availability: 5 in stock
Only logged in customers who have purchased this product may leave a review.



Reviews
There are no reviews yet