Shop Online For Books | Stationery | Fashion | Gift Items

Jeevanka Bibidh Aayam – Ruku Karki

395

Availability: 5 in stock

SKU: Jeevanka Bibidh Aayam (RBD) Categories: , , Tags: ,
… ‘जीवनका विविध आयाम’मा देखे, सुनेका द्वन्द्व र युद्धकालीन अन्तीडा, वरपीपल : आलाप, स्रष्टा, सृजना र मूल्याङ्कन, असहनीय नारीपीडा, नारी शोषण, दमन र उत्पीडन वर्णित छ । यसका निम्ति रुकु कार्कीप्रति साधुवाद प्रकट गर्दै सदा सृजनशील रहनका लागि हार्दिक शुभाशिष प्रदान गर्न चाहन्छु ।
– राष्ट्रकवि माधव घिमिरे

रुकु कार्की आफ्ना संस्मरण, निबन्ध तथा उपन्यासमार्फत नेपाली साहित्यका क्षेत्रमा नारीहृदयको कोमलता लिएर प्रकट हुनुभएको छ । नेपाली साहित्यमा उहाँजस्ती प्रतिभा सम्मन्न र लगनशील लेखिकाको योगदान अत्यन्त उदाहरणीय तथा प्रशंसा गर्न योग्य छ भन्ने मेरो निष्कर्ष छ । जीवन र जगत्लाई ज्यादै हार्दिकतासाथ भोग्ने र तिनको चित्रण आफ्ना अनुभूतिजन्य विचारहरूलाई मार्मिकतासाथ प्रकट गर्न सक्ने उहाँजस्ती साहित्य स्रष्टालाई प्राप्त गर्नु हामी नेपाली भाषा र साहित्यका सेवीहरूको ठूलो सौभाग्य हो ।
– डा. तारानाथ शर्मा

धादिङ जिल्लाकी छोरी र मकवानपुर जिल्लाकी बुहारी रहेकी रुकु कार्की नेपाली साहित्यमा चुरुफुरु गर्ने एउटी साधिका हुन् । उनी गीत, कवितामा रमाउँछिन्, कथामा नाच्छिन्, बालसाहित्यमा लैबरी खेल्छिन् र उपन्यासमा फन्को मार्छिन् । उनको संस्मरण क्षेत्र अझै हरिलोभरिलो छ … – कृष्णप्रसाद पराजुली
… मैले आजसम्म रुकु कार्कीको जे जति साहित्यिक कृतिहरू अध्ययन गर्ने मौका पाएकी छु त्यसका आधारमा म के भन्न सक्दछु भने रुकु कार्कीका कृतिहरूले मानवसमाजलाई आफूप्रति, समाजप्रति र देशप्रति सचेत रहने सन्देश दिएको हुन्छ।
– प्राज्ञ, माया ठकुरी

Jeevanka Bibidh Aayam – Ruku Karki

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon