किफायती संस्करण
नेपालका प्रतिबन्धित राजनैतिक दलहरूले २०४६ माघ ७ गतेका दिन निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्बहालीका लागि जनआन्दोलन गर्ने घोषणा गरे र फागुन ७ गतेलाई जनआन्दोलन सुरु गर्ने दिनका रूपमा रोजे, जुन दिन ४० वर्षअगाडि राणाशासनको अन्त्य भएको थियो । प्रजातन्त्रको पुनर्बहालीका लागि भएको यस जनआन्दोलनलाई दबाउन सरकारले सक्दो प्रयास गरेको थियो । तर, अन्ततः जनताको जित भइछाड्यो । चैत २६ गतेका दिन राजाबाट राजनैतिक दलमाथिको प्रतिबन्ध फुकुवा भयो र संसदीय प्रणालीको शासनव्यवस्था स्थापनाका लागि प्रयास थालियो । ६० दिनसम्म चलेको जनआन्दोलनबारे एक हजारभन्दा बढी व्यक्तिहरूसित अन्तर्वार्ता लिएर लेखिका कियोको ओगुराले नेपाली जनताले प्रजातन्त्रका लागि गरेको सङ्घर्षको रोचक इतिहास लेखेकी छिन् ।
जापानी पत्रकार तथा लेखिका कियोको ओगुराले सुकम आसाही र माइनिची समाचार पत्रको इकोनमिस्ट म्यागजिनमा २०४६ सालको जनआन्दोलनबारे लेखेकी थिइन् । हाल उनी टोकियोस्थित एसिया प्रेस इन्टरन्यासनलकी संवाददाताका रूपमा नेपालमा कार्यरत छिन् । यो पुस्तक सबैभन्दा पहिले सन् १८९५ मा आन्दोलनरत अधिराज्यका ६० दिन शीर्षकमा जापानी भाषामा छापिएको थियो । त्यसपछि सन् २००१ मा काठमाडौँ स्प्रिङ शीर्षकमा अङ्ग्रेजी भाषामा नेपालबाट प्रकाशित भएको थियो ।
छेउको तस्बिरः २०४६ साल चैत २४ गतेका दिन नयाँसडक काठमाडौँमा फोटो खिच्दै गरेकी लेखिका ओगुरा ।
Janata Jageka Bela (Jan Andolan 2046 ki Itihas) – Koyoko Ogura
Janata Jageka Bela (Jan Andolan 2046 ki Itihas) – Koyoko Ogura
जनता जागेका बेला (जनआन्दोलन २०४६ को इतिहास)– कियोको ओगुरा
₨175
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet