देशको परिस्थिति हेर्दा सबैलाई समेटेर जानुपर्ने देखियो । फेरि कम्युनिस्ट पनि त परिवर्तित वा परिमार्जित हुन सक्ने रहेछन् । पहिलेको माले (हाल एमाले) ले पनि त त्यो बेला मान्छे काटेकै हुन् तर पछि क्रमशः संसदीय प्रजातन्त्रमा आए । मलाई लाग्यो, प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान उनीहरूको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ । यसै विश्वास र मान्यताका साथ मैले कम्युनिस्टरूसँग हातेमालो गरेर अघि बढ्ने रणनीति लिएको हुँ । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सकिन्छ; बन्दुकभन्दा विचार शक्तिशाली छ भन्नेमा दृढ भएर नै मैले उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास थालेको हुँ । कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै सङ्घर्ष र अवरोधको सामना गर्नुप-यो ।
Girijaprasad Koiralaka Aafnai Kura – Jagat Nepal
गिरिजाप्रसाद कोइरालाका आफ्नै कुरा– जगत नेपाल
- Year: 2082 BS
- Edition: 1
- 187 pages
- Hardback
₨675
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet