Weight | 0.38 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Kattel Sarko Chotpatak – Dhurbachandra Gautam
₨375.00
Availability: 1 in stock
नेपाली उपन्यास लेखनको यथार्थवादी धारालाई विस्तारित गर्ने श्रेय जान्छ, ध्रुवचन्द्र गौतमलाई । विसंगत समाज, आडम्बरी सम्बन्ध र बेइमान परिवेशलाई आलोचनात्मक यथार्थको दर्पणबाट चित्रित गर्नु गौतमको औपन्यासिक वैशिष्ट्य हो । हासोन्मुख, निकृष्टतम र क्रूरतम । जीवन यथार्थलाई उपन्यासमा उद्घाटित गर्न उनले पात्रहरूको दुर्गति उजिल्याउँछन् । नेपाली समाजभित्रको पतनोन्मुख प्रवृत्ति र चरित्रहरूको सामाजिक व्याप्तिलाई औंल्याउन गौतमले ‘कट्टेल सरको चोटपटक’ मार्फत् पञ्चायतकालीन समयमा अत्यन्त निम्छरो जीवन बाँचिरहेका निम्नमध्यम वर्गीय शिक्षकहरूको मनोदशा र दूरावस्थालाई कथानक बनाएका छन् ।
।
वि.सं. २०३७ सालमा प्रकाशित यस उपन्यासमा आधारित रही ‘वासुदेव’ फिल्म निर्माण समेत भएको थियो । वि.सं. २०४१ सालमा प्रदर्शनमा आएको उक्त फिल्मले उतिबेलै दर्शकहरूको प्रेम र प्रशंसा बटुलेको थियो ।
Kattel Sarko Chotpatak – Dhurbachandra Gautam
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet.