Dr. K I Singhko Cheen Prawas – Bhabeshwor Pangeni

डा. केआई सिंहको चिन प्रवास – भवेश्वर पंगेनी

640

Out of stock

Restock Email Notification

SKU: Dr. K I Singh ko Cheen Prawas (RBD) Categories: , Tags: ,

Dr. K I Singh ko Cheen Prawas – Bhabeshwor Pangeni

डा. पंगेनीद्वारा लेखिएको “डा. के. आई. सिंहको चीन प्रवास (वि.सं. २००८-२०१२)” नामक प्रस्तुत कृतिमा प्रजातान्त्रिक सरकारले गिरफ्तार गर्नका लागि दुईपटकसम्म भारतीय सेनालाई नेपाल भित्र्याएर अन्त्यमा राजधानीको मुटुका रूपमा रहेको सिंहदरबारको बन्दीगृहबाट आफ्ना सहयोगीका साथ बाहिर निस्केर राजदरबारका अतिरिक्त राजधानीलाई नै झण्डै २४ घण्टा नियन्त्रणमा लिन सफल डा. के. आई. सिंहको तिब्बतचीन प्रवासका सम्बन्धमा सबिस्तार चर्चा गरिएको छ । वि.सं. २००८ साल माघ ९ गते मध्याह्न आफ्ना सशस्त्र सहयोगीका साथ सिंहदरबारबाट बाहिरिएका डा. सिंह सकुशल चीनको पेकिङ्ग पुगेर अन्त्यमा झण्डै ३ वर्ष ७ महिना १७ दिनपछि वि.सं. २०१२ साल भदौ २६ गतेका दिन राजा महेन्द्रद्वारा गरिएको माफीको घोषणाबमोजिम नेपाल फर्केका हुन् । तिब्बतचीन सरहदमा प्रवेशदेखि त्यहाँ रहँदासम्म डा. सिंहहरूद्वारा गरिएका क्रियाकलाप, मुलुकमा भएका प्रतिक्रिया एवम् उनीहरूलाई फर्काउन चालिएका कदम तथा चीनतिब्बतबाट फिर्ता भएका घटनाका सम्बन्धमा सम्बन्धित व्यक्तिहरूबाट प्राप्त जानकारीका अतिरिक्त स्वदेश तथा विदेशमा प्रकाशितअप्रकाशित सामग्रीहरूसमेत संलग्न गरेर यथाशक्य सूक्ष्म अध्ययन तथा जानकारी दिने प्रयास भएको छ। त्यतिमात्र नभएर यस कृतिमा डा. सिंहको चिनारी एवम् नेपालबाट राजनीतिलगायत अन्य विभिन्न कारणले छिमेकको शरणमा जानुपर्ने बाध्यता र गएका व्यक्तिका बारेमा पनि विस्तृत रूपमा चर्चा गरिएको छ। राजनीतिक इतिहासको विधामा यो नै यस किसिमको अनुसन्धानमूलक पहिलो प्रकाशित कृति हो।
Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Kanakana Kurr
    Kanakana Kurr - Pramod Pradhan
    Qty: 1
    Price: 80
    Remove
    Going Solo Dahl
    Going Solo (Dahl) - Roald Dahl
    Qty: 1
    Price: 640
    Remove
    Nepal ra Chin
    Nepal ra Chin - Gyan Mani Nepal
    Qty: 1
    Price: 995
    Remove
    The Guru Of Love
    Remove
    Chine Janeka Puskar
    Remove
    Shop Ratna Online
    Right Menu Icon