यो पुस्तक मुलुकको यस्तै विषम परिस्थितिबारे राष्ट्रिय स्तरमै चेतना प्रवाह गर्न अति आवश्यक बौद्धिक बहसको माध्यम हुनेछ भन्नेमा म विश्वस्त छु । लेखकले यस प्रकाशनद्वारा पत्रकारिताको पेशागत धर्म निःसङ्कोच निभाएका छन् । पाठक वर्गलाई नेपाल-भारत सम्बन्धको गैरकूटनीतिक आख्यान मात्र होइन, त्यस प्रक्रियाले नेपालको सार्वभौम अस्तित्व र भौगोलिक अखण्डतामा परेको विघ्नबारे निर्भीकतासाथ जानकारी पनि गराएका छन् । नेपालको यस अवस्थितिले गर्दा सत्ता र शासक फेरिए पनि राजनीतिक प्रवृत्ति नफेरिँदा सतही परिवर्तनहरू मुलुकका निम्ति असान्दर्भिक ठहरिएका छन् ।
Chakrabyuhama Chandra Surya – Saroj Raj Adhikari
चक्रव्यूहमा चन्द्रसूर्य– सरोजराज अधिकारी
- Year: 2082 BS
- Edition: 1
- 328 pages
- Paperback
₨675
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet