Jasuseeko Jalo – Saroj Raj Adhikari |
• नेपालका लागि ‘ र ‘ का तत्कालीन प्रमुख पीके हर्मिज थरङ्कन नेपालमा रहँदा नेपाली सेनाका तत्कालीन लेफ्टिनेन्ट कर्णेल ( पछि जर्नेल ) दिलीपशमशेर राणाको विशालनगरस्थित घरमा भाडामा बसेका थिए ।
• मिर्जा दिलसाद बेग हत्याकाण्डका एक अभियुक्त बब्लु श्रीवास्तव नेपाल प्रहरीका पूर्वआईजीपी हेमबहादुर सिंहको घरमा भाडामा बसेका थिए । • सीआईएले नेपालस्थित पूर्वीजर्मनी दूतावासभित्र एउटा अपरेसन गरेको थियो । • माओवादी जनयुद्ध चरमोत्कर्षमा पुगेका बेला नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागसँग मिलेर माओवादीविरूद्ध ‘ अपरेसन मुस्ताङ ‘ नामक एक कभर्ट अपरेसन सञ्चालन गरेको थियो बेलायती एमआई -६ ले । • गुप्तचर पूर्वउपप्रमुख देवसिंह थापा अमेरिकी बाह्य गुप्तचर संस्था सीआईएका लागि काम गर्थे । • विद्युत् सहायकमन्त्री ध्यानबहादुर राईका निजी सचिव विजय चापागाईं नेपालस्थित भारतीय दूतावासमा द्वितीय सचिवको आवरणमा रहेका ‘ र ‘ एजेन्ट बीके राजपूतलाई मन्त्रिपरिषद्का माइन्युट बेच्दै गरेको अवस्थामा ०३२ साउन २७ गते एक गुप्तचर अधिकृतद्वारा पक्राउ परेका थिए । |
Reviews
There are no reviews yet