| क्यापिटल हिल नेपालबाट विभिन्न बहानामा अमेरिका पुगेकाहरूको कथा हो । काठमाडौंको काँठ क्षेत्रबाट पुरेत्याँइ गर्नेका एमए पास छोरा काशीनाथ अमेरिका पुगेपछि इन्डियनको रेस्टुरेन्टमा काम गर्ने कार्लो रोशीमा रूपान्तरण हुन्छन् । एनजिओमा हँदाखाँदाको जागिर छोडी सेमिनारको निहुँमा सात लाख खर्चेर अमेरिका भासिएका बाबुकाजी माओवादी पीडित बनेर ग्रिनकार्ड लिने दाउ गर्छन् । माओवादी समर्थक बाबुकाजी उता पुगेपछि ग्रिनकार्डको आशमा माओवादी पीडित बन्छन्। त्रिभुवन विश्वविद्यालयको रिडरको जागिर छोडेर उमा एनजिओवालालाई पाँच लाख ख्वाएर अमेरिका पुगेपछि भारतीयको बच्चा स्याहार्ने धाई बनेर दिन बिताउँछिन्। अमेरिका गएका छोरा-छोरीहरूले बाबु-आमालाई अमेरिकामा त बोलाउँछन्, तर त्यस पछाडिको स्वार्थ के ? माया नै हो वा आफ्ना छोरा-छोरी हुर्काउने धाईको विकल्प। यी र यस्तै सांस्कृतिक चोट (कल्चरल सक हुने कथाहरूको संग्रह हो, क्यापिटल हिल । पश्चिमा जगतमा आप्रवासी बन्न पुगेका नेपालीको मानसिक तथा भौतिक यथार्थलाई यस पुस्तकमा संग्रहित कथाहरूले उद्घाटित गरेका छन् । विकसित राष्ट्रको विशाल थलकभित्र अविकसित राष्ट्रका श्रमजीवी जनताले अर्पण गरेको श्रमसाध्य जीवनलाई क्यापिटल हिलका कथाहरूले यथार्थ ढंगमा प्रस्तुत गरेका छन् । राजवको यो कृति समकालीन नेपाली कथाकारितामा बहुआयामिक सौन्दर्यको सघन साक्ष्य हो। |
Capital Hill – Rajav







Reviews
There are no reviews yet