Brahmanbad Virudha Buddha Ra Ambedakar – Kamala Hemchuri

ब्राह्मणबाद विरुद्ध बुद्ध रा अम्बेदाकार – कमला हेमचुरी

300

Availability: 5 in stock

SKU: Brahmanbad Virudha Buddha Ra Ambedakar - Kamala Hemchuri Categories: , Tags: ,

हिन्दु वर्ण ब्यवस्थाभित्र उत्थानको संभावना नदेखेका करोडौ अछूत कहलाईएकाहरूले डा. भीमराव अम्बेडकरको उदहारण र अभ्यास पहिल्याउँदै बौद्ध धर्मलाई अंगालेको जगजाहेर नै छ । यस परिप्रेक्षमा ब्राह्माणवाद विरूद बुद्ध र अम्बेडकर पुस्तकले वैकल्पिक आध्यात्मिकताको उक्त बाटो नेपालमा किन विकसित हुन सकेन तथा त्यसो नहुनुका सामाजिक र साँस्कृतिक कारणहरू के थिए भन्नेबारे सटिक विश्लेषण गरेको छ । यस किसिमको अध्ययन नेपालमा अहिले सम्म खासै नभएकोले यस पुस्तकको ऐतिहासिक महत्व छ । समाजशास्त्र, राजनीतिक शास्त्र र तुलनात्मक धर्म (comparative religion) का अध्येताहरूका लागि कमला हेमचुरीजीको यो पुस्तक पक्कै पनि रूचिकर हुनँछ । यस बाहेक दलित अधिकारको निम्ति संघर्ष गरिरहेका अभियन्ता मात्र नभई सामाजिक न्यायको पक्षमा लेख्ने, बोल्ने सबैका लागि उपयोगी हुनेछ भन्ने बारे बिश्वस्त छु । डा. संजीव उप्रेती (मालीगाउँ, काठमाडौँ)
विश्वविख्यात् समाजवादी चिन्तक अम्बेडकरका अनुसार-जातीय विभेद व्यक्तिको आमाको गर्भबाटै शुरू हुने र उसको मृत्यपश्चात् पनि सकिँदैन ।”, “तपाई जुनसुकै दिशामा पाईला चाले तापनि जाति भन्ने राक्षसले तपाईको प्रगतिमा सँधै अवरोध उत्पन्न गर्छ ।” नेपालका रैथाने आदिवासी (मूलवासी) शिल्पी समुदायलाई ३५ सयवर्ष अघिदेखि आजसम्म मनुवादी ब्राह्मणवादी सत्ताले आगोको भट्टीमा हालेर खरानी पार्दै आइरहेका छन् । मरेको लासलाई चितामा एकपटक जलाईन्छ तर जातिवादी मानसिकताको ज्वालाले आमाको गर्भदेखि चितासम्म जिउँदै जलाईरहेको हुन्छ । शिल्पी समुदायको नश्ल, वंश, धर्म, भाषा, संस्कृति, परम्परा, रीतिरिवाज, राजकाज पृथक र मौलिक छन् । सामुदायिक पुख्यौली ज्ञान परम्परामा आधारित वैभवशाली-गौरवपूर्ण शिल्पकौशल, संस्कृति, सम्पदा र सभ्यताका मूल आधारशीला शिल्पी समुदाय नै हुन् । यो शिल्प (मानव) सभ्यताभित्र पर्दछ । तसर्थ हजारौं वर्षदेखि बहिष्करण, अलगीकरण, किनारीकरण र अदृष्यकरण गरिएको हो । जातिको परिभाषा गर्नुअघि रैथाने शिल्पी समुदायलाई विगतमा मनुवादी-ब्राह्मणवादी व्यवस्थाले कसरी धुलीकरण गरेको थियो ? भन्ने विषय राम्रोसँग बुझ्नुपर्दछ । विशेषगरी अनावश्यक वर्गीयमाला जपाई बढी नै भइरहेको अवस्थामा “ब्राम्हणवाद विरूद्ध बुद्ध र अम्बेडकर” शोध-पत्र पुस्तकले सबैका आँखा खोल्न सक्ने कुरामा कुनै द्धिविधा छैन । डीबी नेपाली ‘दम’
I
कमला हेमचुरीद्वारा स्नात्तकोत्तरको शोध-पत्रको लागि गरेको यो अध्ययन मूलत दक्षिण एशियामा हिन्दु र बुद्ध धर्ममा भएका जात व्यवस्था सम्बन्धि अवधारणालाई अम्बेडकरको विचारसंग जोडेर विश्लेषण गरिएको छ । ३५ सय वर्ष अघि मनुस्मृतिद्वारा बीजारोपण गरिएको कठोर जात व्यवस्थाले मानव समाजलाई चर्तुवर्णमा मात्रै स्तरीकरण गरेन, सबैभन्दा पिधमा रहेका दलित (शुद्र) समुदाय माथि छुवाछूत पनि लायो । जात व्यवस्थाको उर्बर कालखण्ड (छब्बिस सय वर्ष) अघि उदय भएको बौद्ध धर्मले मान्छे जात र वर्णले होइन कर्म र धर्मले महान् हुन्छ भन्ने धारणालाई स्थापित गर्दै ब्राह्मणहरूले निर्माण गरेका चतुर्वर्ण व्यवस्थाको सनातनी विचार संरचनालाई धावा बोल्न सफल भएको थियो ।
वर्तमान समयमा जात व्यवस्था केवल धार्मिक र सांस्कृतिक समस्या मात्रै हैन यो सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थाको रूपमा स्थापित छ, जसलाई सम्बोधन गर्न सबै सत्ताको मुख्य राजनीतिक सत्ता दलित र उत्पीडित पक्षधर हुन् जरूरी छ ।। यो शोध-पत्र जात व्यवस्थाको उत्पत्ति, अम्बेडकरबाद र बौद्ध धर्ममा जात व्यवस्थाबारेको बुझाइमा उपयोगी हुनेछ भन्ने विश्वास लिएको छु । – धनकुमारी सुनार
लामो समयसम्म नेपालका दलितहरू धार्मिक-सांस्कृतिक आतंकको शिकार बनेका छन् । यहाँको सामाजिक संरचना, संस्कार, रीतिथिति पुरै हिन्दु शास्त्र र परम्परामा आधारित छन् । सामाजिक जीवनमा मनुस्मृतिको अत्यन्तै जातिवादी सिद्दान्त कडा रूपमा लागु छ । देशको आधुनिक कानूनलाई मनुको परम्परागत कानूनले निस्तेज पारिराखेको छ । त्यसैले देशले जति राजनैतिक छलांङ मारे पनि छुवाछूत लगायत जातीय दमन र उत्पीडन कायमै रहेको हो । यो सत्य बुझ्न डा. भीमराव अम्बेडकरलाई बुझ्नु पर्ने हुन्छ | अम्बेडकरलाई बुझ्न कमला हेमचुरी नपढी सुखै छैन । डा. मित्र परियार
Brahmanbad Virudha Buddha Ra Ambedakar – Kamala Hemchuri

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon