जति भाग्न खोज टाढा क्षितिजबाट घेरेर तिम्रो सम्पूर्ण उपस्थिति र चेतनालाई ऊ तिम्रो नजिक हुन्छ जत्ति नजिक भएर छुन खोज क्षितिज ऊ तिमीबाट टाढा धेरै टाढा हुन्छ,
दृश्यमा – जोडिएका पर्वतहरू – हिउँचुलीहरू शृङ्खलाहरू र अग्ला अग्ला वृक्षहरू ती सबै त भ्रम हुन् ! त्यहाँ पुगेर हेर, त्यो अझ पर सर्दै जान्छ क्षितिज – त्यो निर्मोही सपना र जिन्दगीजस्तै हुन्छ !
Arko Sanjha Parkhera Sanjhama – Ramesh Kshitij
Reviews
There are no reviews yet