Shop Online For Books | Stationery | Fashion | Gift Items

Agnisutra – Jagadish Ghimire

145

Availability: 5 in stock

SKU: Agnisutra (RBD) Categories: , , Tags: ,
जगदीश घिमिरेका कविता एकै ठाउँमा पढ्न पाउँदा मैले एउटा युगको चित्र भेटें जुन युगको नेपाली सिर्जनशील इतिहासमा राम्रो अध्ययन भएको छैन । त्यो युग झन्डै २०१८ सालदेखि चालीसको दशकसम्म रह्यो । यसको सबभन्दा बलियो स्वरूप बीस र तीसका दशकमा देखियो । यो युगको कलेवर एउटा विरोधाभासले बनियो । प्रस्ट उक्तिका चाहना एकातिर थिए र ती निर्दलीय शासन पद्धतिको एकल चेतना रचना गर्ने राज्यव्यवस्थाका आँखामा अमान्य थिए भने अर्कातिर विद्रोह र परिवर्तनका चाहनालाई प्रतीकात्मक भाषा र बिम्बहरूमा बुनेर दुरुह शैलीमा कविता लेख्ने प्रयोगवादी चिन्ताहरू थिए ।
यस सङ्कलनमा परेका जगदीश घिमिरेका कविताहरूले माथिका दुवै थरी चिन्ताका स्पन्दन बोकेका छन् । समयचक्र र चेतनाप्रवाहलाई ती कविताका पुछारमा टिपिएका समय सूचकाङ्कले देखाएका छन् । बीसको दशकको आरम्भदेखि झन्डै अहिलेसम्म लेखिएका कविता यस सङ्कलनमा समावेश गरेर घिमिरेले एउटा समयको इन्द्रेनी प्रस्तुत गरेका छन् ।
सबभन्दा चाख लाग्दो कुरा, यो लामो समयमा प्रयोग भएका काव्यशैलीका मूल पद्धतिहरू जगदीश घिमिरेका कवितामा देख्न सकिन्छ । यी कवितामा प्रयोगवादी अभ्यास अनि प्रस्ट उक्ति पद्धति दुवैका आधारभूत विशेषता भेटिन्छन्, तर सबभन्दा महत्त्वपूर्ण कुरा जगदीश घिमिरेका काव्यको मौलिक पक्ष पनि यसमा देखिन्छ । समय, राज्यव्यवस्था, युग, जीवन र जगत्लाई घिमिरेले आफ्ना कथा, उपन्यास र निबन्ध अनि संस्मरणहरूमा जस्तै यी कविताहरूमा पनि आलङ्कारिक शैलीका परिधानभित्र गुम्फन नगरी सोझै सम्बोधन गरेका छन् अनि कविको निजत्वलाई पनि उनले एक दृष्टिसंवाहकको रूपमा बचाएका छन् ।
यी कविताहरूमा समयस्पन्दन सबैभन्दा वाचाल छ ।
– डा. अभि सुवेदी

Agnisutra – Jagadish Ghimire

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

×





1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon