नेपाली लामोकथा लेखनपरम्परामा गोविन्द गिरी प्रेरणाको ‘अ-विधवा’ले पृथक् स्थापत्य कायम गरेको छ भन्ने कुरा यस सङ्ग्रहका कथाहरूले नै साक्ष्यका रूपमा उपस्थिति देखाएका छन् । अन्तर्वस्तु र घटनाको वैविध्यमय प्रयोगले कथालाई रोचक बनाएका छन् भने शैलीको विविधतामय प्रयोगका कारण यस सङ्ग्रहका कथाहरू सुस्वादु बनेका छन् ।
गोविन्द गिरी प्रेरणा निकै शक्तिशाली कथा लेख्ने कथाकार हुन् भन्ने कुरा उनको घोराही शून्य किलोमिटर’जस्ता कथाले उहिल्यै प्रमाणित गरेका हुन् । पछिल्लो समयमा लामो कथा लेखनमा लागेका प्रेरणाले उपन्यासको क्षतिपूर्तिस्वरूप लघुउपन्यासकै समकक्षी लामोकथा लेखनलाई अघि बढाएर आख्यानलाई विस्तार गर्ने आफ्नो लेखनयात्राको पृथक् उपक्रम पनि प्रस्तुत गरेका छन् ।
Abhidhawa – Govinda Giri Prerana
अ–विधवा– गोविन्द गिरी
- Year: 2082 BS
- Edition: 1
- 259 pages
- Paperback
₨599
Availability: 2 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.





Reviews
There are no reviews yet