Aatmabodha(Nibanda Sangraha) – Bhagawat Khanal

आत्मबोध (निबन्ध सङ्ग्रह)– भागवत खनाल

450

Availability: 3 in stock

SKU: Aatmabodha(Nibanda Sangraha) Categories: , Tag:

यस पुस्तकको आवरण सिँगार्ने अवसर दिनु भएकोमा मित्र भागवत खनालप्रति अत्यन्त आभारी छु । यो आवरण चित्र पुस्तकमा समाहित रचनाहरूमा अभिव्यक्त विचारमा भिजेका रङ्ग र भावनामा लुकेका दृश्यहरू खोज्ने प्रयास हो । यहाँ मैले निबन्धका शब्दहरूलाई दृश्यमा अनुवाद मात्र गरेको हुँ ।
आवरण पृष्ठको चित्रले आत्मखोज, आत्मप्रेम, आत्मस्वीकृति र आत्मयात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ । यसले व्यक्तिको आन्तरिक गहिराइ र अस्तित्वको विशालतालाई चित्रित गर्दछ ।
चित्रमा एक व्यक्ति स्वयंलाई अंकमाल गरिरहेको देखिन्छ । यो आत्मबोध र आत्मस्वीकृतिको एक सुकोमल भाव हो । व्यक्ति आफ्नै छायामा मोहित देखिन्छ । सायद सोच्दै छ, यो छाया वास्तविक हो कि केवल प्रतिविम्ब ? छाया, छवि, भ्रम र वास्तविकताको खोज मनुष्यको शाश्वत प्रवृत्ति हो । यो प्रवृत्तिले मोह र भ्रमबाट टाढा आफ्नो वास्तविक स्वरूपलाई गहिरोसँग पहिचान गर्ने चाहनालाई देखाउँछ ।
यस चित्रमा आत्मको आधा भाग मात्रै देखिन्छ । जब यो पूर्णरूपमा प्रकट हुन्छ, तब आन्तरिक खोज र बोध सम्पन्न भएको मानिन्छ । यो पूरा प्रकाशित हुन बाँकी नै रहेको ‘अर्ध स्वरूप’ हो । यो आत्मखोजको माध्यमबाट बोध प्राप्त गर्ने निरन्तर लगाबको प्रतीक हो ।
चित्रमा देखाइएका आकाश, समुन्द्र र तटले सृष्टिको त्यो असीमतातर्फ सङ्केत गर्दछन्, जसमा हामी निरन्तर हराइरहेका छौं । यो एक अनन्त विस्तार हो, जसले हाम्रो अस्तित्वको गहिराइलाई प्रतिविम्बित गर्दै बोधको विशालता र गहनतालाई प्रकट गर्दछ ।
यस सङ्ग्रहका निबन्धहरूले पनि आत्मखोज, आत्मस्वीकृति, आत्मप्रेम र आत्मबोधको यात्रालाई निरन्तरता दिएका छन् । आवरण पृष्ठमा देखाइएका आकाश, समुद्र, तट र छायाले जस्तै यी निबन्धहरूले पनि मानव अस्तित्वको गहिराइमा पुगेर हामीभित्र विद्यमान असीम सम्भावनालाई उजागर गर्दछन् ।
यस पुस्तकमा सङ्गृहीत निबन्धहरू लेखकको अनुभवका ऐना बनेर प्रस्तुत भएका छन् । यी रचनाहरूले पाठकलाई आफूभित्रको संसारका नदेखिएका पाटाहरूलाई देख्न र आफ्नो निजी तत्त्वको विपुलतालाई आत्मसात् गर्न प्रेरित गर्नेछन् । यो सङ्ग्रहले हामीलाई हाम्रो त्यस्तो अनन्त यात्राको याद दिलाउँछ, जहाँ प्रत्येक कदम आत्मबोधको दिशामा अगाडि बढिरहेको हुन्छ ।
भनिन्छ, एक चित्रले हजार शब्द बोल्छ । यहाँ एक एक निबन्धहरू शब्दरूपी हजार हजार चित्र बोकेर पाठकसामु जीवन्त बनेका छन् । यो सङ्ग्रह एक साहित्यिक कृति मात्र होइन, अपितु विचारको क्यानभासमा पोतिएका सशक्त शब्दहरूको मोहक चित्र पनि हो । लेखक भागवत खनाल शब्दका कुशल चित्रकार हुन् ।
Aatmabodha(Nibanda Sangraha) – Bhagawat Khanal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon