भागवत खनालका कथाहरूमा घटनाक्रमको नवीनता, चरित्रको विविधता र परिवेशको व्यापकता बडो सन्तुलित एवम् सुललित लयमा भेटिन्छन् । चित्रात्मकता उहाँको कथाको बलियो विशेषता हो । कथा पढ्दै गर्दा लाग्छ, म कुनै क्लासिक सिनेमाका दृश्यहरू हेर्दैछु । तर, यतिले मात्र उहाँका कथाहरू उल्लेखनीय बनेका हैनन् । घटनाक्रममा स्वाभाविकरूपमा उनिएर आउने दार्शनिकताले उहाँका कथालाई एक सिद्धहस्त कथाकारको कुशल शिल्पयुक्त सिर्जना बनाउँछन् । यो नै नयनराज पाण्डे उहाँको लेखनको सबैभन्दा शक्तिशाली पक्ष हो । उहाँ कथानकको
अभय श्रेष्ठ
विस्तारमा हतार गर्नुहुन्न । गन्तब्यमा पुऱ्याउनुअघि नै हठात् कुनै अप्रत्याशित ‘ट्विस्ट’ दिएर कथानकलाई टुंग्याउनु पनि हुन्न । शिल्प र प्रस्तुतिमा चामत्कारिक प्रभाव उत्पन्न गर्ने निहुँमा कुनै गिमिक्समा फस्दैनन् उहाँका कथाहरू । त्यसैले उहाँको कथा लेखन मेरा लागि सम्मानयोग्य विषय हो । यो संग्रहले उहाँको कथा लेखनको बान्कीलाई सशक्तरूपमा पाठक समक्ष प्रस्तुत गरेको छ ।
साहित्य मूलतः जडताको विघटन, जराको खोजी र अनुद्घाटित सत्यको उद्घाटन हो । भागवत खनालका कथा पढ्दा मलाई यही सन्देश प्रसारित भएझैँ लाग्छ । शीर्षक कथा ‘बा मेरो पीआर आयो’ले हाम्रा परम्परागत सोचाइमाथि धावा बोल्छ । देशको हालत आज यस्तो छ- घरखेत बेचेर, आफैलाई बन्धकी राखेर पनि हरेक परिवार छोराछोरीलाई अमेरिका, क्यानडा, युरोप, जापान, अस्ट्रेलिया पठाउन चाहन्छ । विदेशमा आफ्ना सन्तान हुँदा गर्व गर्छ । कसैगरी उसले त्यहाँको पीआर हाँसिल गरोस् भनेर कुनै देवतालाई नित्य भाकल गरिरहेको हुन्छ ।
पक्कै हो, यहाँको सत्ता उच्च वर्गका युवालाई विकसित देशतिर लखेट्न र गरिब युवालाई खाडीमा धकेल्न निरन्तर बल लगाइरहेको छ । होइन भने देशमै उसले चोर र लुटाहा बन्ने विकल्प पनि छाडिदिएको छ । शिक्षित हुनुको अर्थ जागिर खानु मात्र होइन, जागिर दिने स्थिति सिर्जना गर्नु पनि हो भन्ने प्रेरणा दिन उसलाई कुनै जाँगर छैन । त्यसलाई चुनौती दिन न शिक्षित भनिएका युवामा ऊर्जा छ, न तिनका परिवारमा यो ऊर्जा पैदा गर्ने मनोबल छ । अतः यहाँ सबैजसो बाबुआमा विदेशमा आत्महीन भएर पनि सन्तानले पीआर हासिल गरोस् भन्ने चाहन्छन् । कथाको पात्र सुशान्तजस्तै युवाहरु पनि कसैगरी पीआर लिन चाहन्छन् । तर, देशमा सुखान्तजस्ता युवा पनि छन् जो यस लहरलाई तोड्न चाहन्छन् । हाम्रो जरा र स्वाभिमान सुखान्तजस्ता पात्रकै मनोबलमा स्थापित हुन्छ ।
भागवत खनाललाई मैले पहिला लेखहरूमा पढ़ें, पछि कथामा, अलिपछि निबन्ध र कवितामा पनि । जुनसुकै विधामा उत्तिकै राम्रो लेख्ने क्षमता छ उहाँमा । नजानिँदो ईर्ष्या पनि लाग्छ । फ्रान्सेलीहरु आफ्नो देशको जरा खोज्न अहिले पनि १९ औँ शताब्दीका मोपाँसालाई रूचिपूर्वक पढ्छन् । हाम्रो जरा, स्वाभिमान र भाषाको मौलिकता खोज्न युवाहरुले यो कृति पढून् । खनालजीलाई मेरो असीम शुभकामना ।
Baba Mero PR Aayo – Bhagawat Khanal
Reviews
There are no reviews yet