नर्स बनेर बिरामी र देशको सेवा गर्ने उद्देश्य बोकेका नारीहरूको कथा बोकेको उपन्यास हो यो । नर्स बन्ने क्रममा भोग्नुपर्ने दुःख र नर्स बनिसकेपछि न्यूनतम तलबमा रहेर काम गर्नुपर्ने अवस्था, आफ्नै देशमा बस्ने इच्छा हुँदाहुँदै विदेशिनुपर्ने बाध्यता र अन्य विविध समस्याका बारेमा उपन्यासले न्यायसङ्गत कुराहरू उठाएको छ, जुन आजको समयमा बहस गर्नुपर्ने आवश्यकता भएका विषयवस्तु हुन् ।
नर्ससँगसँगै अस्पताललगायत सम्पूर्ण स्वास्थ्य क्षेत्रका समस्या, बिरामीले भोग्नुपरेको दुःख, चिकित्सकहरूद्वारा बेलाबेलामा हुने आन्दोलन र त्यसको कारण, बिचौलियाद्वारा अस्पतालमाथि हुने राजनीतिले गर्दा आइपरेका अप्ठ्यारा परिस्थिति आदि विषयहरूमाथि पनि उपन्यासले आफ्नो सशक्त उपस्थिति जनाएको छ ।
समग्रमा यो एउटा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मानिसले मात्रै नभएर हरेक सचेत नागरिकले पढ्नुपर्ने उपन्यास हो । सरल र उत्कृष्ट भाषाशैलीले उपन्यासलाई पठनीय बनाएको छ ।
Seto Apron – Anju Neupane
सेतो एप्रोन– अन्जु न्यौपाने
- Year: 2082 BS
- Edition: 1
- 311 pages
- Paperback
₨500
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet