Lukeko Basana – Anju Neupane |
समाजमा झट्ट हेर्दा जे देखिंदैन, जसलाई खोजेरै हेर्नुपर्छ, त्यही यस उपन्यासको विषयवस्तु हो । समाजका लागि अमान्य जीवन लुकीलुकी बाँच्नेहरू यहाँ थुप्रै छन् । भविष्यमा हजारौं हुनेछन् । यसका लागि बीज रोपिन थालिसकेको छ । बीजका लागि उम्रने वातावरण पनि तयार छ । त्यो बीज अब बिस्तारै उम्रने छ र फल्न-फुल्न थाल्नेछ । यसरी भित्रभित्रै घटिरहेको घटनालाई समेटेर तयार पारिएको यो पुस्तक पठनीय छ । सुन्दर भाषाशैली र लेखकको सूक्ष्म विश्लेषणले पुस्तकलाई अझै गहन बनाएको छ । |
Reviews
There are no reviews yet