समकालीन नेपाली निबन्धलेखन बहुलवादी प्रवृत्तिका साथ गतिशील छ । युगजीवनका अनुभूति, भोगाइ, चिन्तन, दृष्टिकोण, आत्मचेतना, दर्शन, भावनाको गहिराइ, भोक्ता अनुभूति र द्रष्टा अनुभूतिको सन्तुलन आदि अहिलेको निबन्धलेखनका स्थूल प्रवृत्ति हुन् । अनेकौँ प्रवृत्ति, शैली र शिल्पका समकालीन नेपाली निबन्धको यस यात्रामा प्रत्येक निबन्धकारका भिन्नभिन्न प्रवृत्ति देखिन्छन् र यस्ता अनेकौँ प्रवृत्तिहरूको सङ्कुल वृत्तबाट आजको नेपाली निबन्ध गतिशील छ । यसै सन्दर्भमा दार्शनिक निबन्धहरूको सङ्ग्रह लिएर मानसाग्नि उपस्थित भएका छन्। लाग्छ; मानसाग्निमा ज्ञानको विराट भण्डार छ, पूर्वीय सभ्यता, संस्कृति र • तिनका वैभवसँग उनी परिचित मात्र होइन त्यसभित्र चुर्लुम्म डुबेर त्यस वैभवलाई जनसमक्ष सम्प्रेषण गर्न पनि समर्थ छन् ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतम
मानसाग्नि नेपाली निबन्ध संसारमा अचानकै मानस अर्थात् चेतनाका अग्नि बनेर प्रवेश गरेका छन् । यसर्थ मानसाग्निको ‘चैतन्यबोध’ मा पदार्पण गर्ने जोकोहीले आफैमा अन्तर्निहित सृष्टिको बीजसत्य मानस अग्निलाई बुझ्ने छन्, पढ्ने छन्, सलबलाउने छन् अनि कतै आफैमाको चेतनामा आफै अग्लिने छन् त कतै आफैमाको चेतनामा आफै गहिरिने छन् र अन्ततः मानस रूपमा सत्तासीन रहस्यात्मक अध्यात्म सत्यसँग एकाकार हुँदै परमानन्दमा लीन हुने छन् । ठिक त्यही समय हुने छ, जतिखेर मानसाग्निको निबन्धहेतु यात्रारत कलमले मोक्ष प्राप्त गर्ने छन् । यदि ‘चैतन्यबोध’ मा अङ्कित दृश्य संसारमै यसो अडेसा लाग्ने हो भने पनि आफै उभिएको माटोको आत्मीय सुगन्धले मनग्य नै पुलकित पार्ने छन् र पूर्वीय चेतको वैभवशाली उज्यालोमा जीवनले मार्ग पहिल्याउने छन् । यहीँनेर लेखकीय विशिष्ट प्राप्ति स्वरूप भावकको अक्षरयात्राबाट पनि यो दृश्य जगत्को आनन्दी तीर्थाटन एउटा सीमासम्म सफलीभूत हुने नै छन् ।
Chaitanyabodha – Mansagni
चैतन्यबोध– मानसाग्नि
- Year: 2082 BS
- Edition: 1
- 194 pages
- Paperback
₨525
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet