बालविवाहको रुख ढले पनि जरा कहीं कतै बाँकी नै छन् । जातीय विभेद अनि छोइछिटो कागजमा नामेट भए पनि अजम्बरी बीज बनेर कतिपयको अन्तर्मनमा रोपिएकै छ । विधवालाई हेर्ने आँखा मात्रै फेरिएका हुन्, दृष्टिकोण उही छ, उस्तै छ । सतीप्रथाको भौतिक संरचना भत्किए पनि मनोवृत्तिमा यो जीवितै छ । दासप्रथाको साङ्लो छिनालिए पनि बन्धन फुकेको छैन, झन् झन् कसिलो छ । निर्मूल नहुने महारोग बनेर घुसतन्त्र अनि भ्रष्टाचारले समाज थिलथिलाएकै छन् । धर्मका भित्तामा आड लागेर गरिने अनेक शोषण पनि दुरुस्तै छन् ।
योगमायाको कथा अघिल्लो शताब्दीको हो । ठूलीहजुर कथाकी केन्द्रीय नायिका हुन्, जसले समाजमा हुने प्रायः बेथिति झेल्छिन् । त्यही भोगाइले उनलाई समाज सुधारतर्फ अविराम डोऱ्याउँछ । त्यसैमा टेकेर उनी विद्रोहको बिगुल फुक्दै असहमतिको स्वर उराल्छिन् । सर्वकल्याणी मानव स्वतन्त्रताको आगो ओकल्छिन् । त्यसलाई देखेर तत्कालीन सरकार र समाज निकै अत्तालिन्छन् । उनलाई रोक्न हरसम्भव प्रयास गर्छन् । तर सक्छन् त ? निभ्छ आगो ? रोकिन्छन् पाइला
व्यक्ति एक्लो हुन सक्छ तर उसको एक विचारले कैयौंको भीड जन्माउँछ । के योगमाया एक्ली थिइन्.
कुनै-कुनै कथा इतिहास हुँदाहुँदै पनि वर्तमान भएर बाँच्छन् । योगमाया यस्तै कथा हो ।
Yogmaya (Fineprint) – Neelam Karki Niharika
योगमाया– नीलम कार्की निहारिका
- Year: 2081 BS
- Edition: 1
- 239 pages
- Paperback
₨795
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet