Uttarsidhanta – Krishna Gautam

उत्तरसिद्धान्त ९अद्यतन चिन्तनका महान् पश्चिमी प्रणेता०– कृष्ण गौतम

995

Availability: 5 in stock

SKU: Uttarsidhanta Categories: , Tag:

अद्यतन ज्ञानराशि- जसलाई उत्तरसिद्धान्तमा स्थापित गरियो, जो आधुनिकताको आलोचनाबाट निस्क्यो, जसले मान्छेका विचार, भावना र सिद्धान्तहरूलाई तिखार्न प्रयत्न गयो, जसबाट सङ्घसंस्था, संस्थान, उद्योग तथा व्यवसायहरूलाई नयाँ आलोक प्राप्त हुँदो छ, जसद्वारा मान्छेका कार्य, आचरण, अन्तर्सम्बन्ध र जीवनशैली प्रभावित भइरहेछन्- वर्तमान विश्वमा ज्योतिको चमकदार मुस्लो भएर जगमगाएको हो, जसलाई एकोहोरो ढिपीले पन्छाएर होइन, विवेकी आत्मा उघारेर बोध र व्यवहारमा ल्याउनुपर्ने जरूरत बढ्यो ।
उत्तरसिद्धान्त नामक यो कृति त्यही जरूरतको पूर्तिका निम्ति जिज्ञासुहरूका समक्ष आएको हो । थिङ्क ट्याङ्क तथा बौद्धिकहरूमा अद्यतनीकृत विशेषज्ञताको अपेक्षा बढ्दै जाँदा शक्ति/ज्ञान, अन्तर्मिश्रण, सिजोएषणा, प्राच्यवाद, सांस्कृतिक सङ्घर्ष, इतिहासको अन्त्य, सत्य, यथार्थ, अनुकरण, प्रतिनिधान, प्रतिकृति, कर्तृत्व, उपभोग, विचार, भाषा, सौन्दर्य, औपनिवेशिकता, प्रजातन्त्र, पहिचान, संस्कृति, सञ्चारजस्ता कैयाँकैयौं विषयको यस अर्काइभमा चिन्तन तथा सिद्धान्तीकरण उपलब्ध हुने भएकाले कृति ग्रहणीय हुने निर्विवाद छ ।
भाइस चान्सलर पदक (२०२३), लारी पदक (२०२५), शुभराज्याभिषेक पदक (२०३१), जानपदसेवा पदक (२०४४), दीर्घसेवा पदक (२०६२) आदिले भूषित गौतम (२००५) शिक्षा पुरस्कार (२०४८), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७), बाबा ओमवीरसिंह बस्न्यात पुरस्कार (२०५७), उदयानन्द पुरस्कार (२०६०), गरिमा सम्मान पुरस्कार (२०६२), तन्नेरी तथा चक्रपाणि पुरस्कार (क्रमशः २०६७, २०७०)हरूले सम्मानित तथा पुरस्कृत हुनुहुन्छ । प्रमुख अतिथिका रूपमा अखिल भारतीय नेपाली भाषा समिति देहरादुनद्वारा सम्मानित (२०५४) तथा सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अभिनन्दित (२०६१) हुनुहुन्छ । उहाँ निर्झर दिलचेत, धादिङ सिर्जना प्रतिष्ठानद्वारा (क्रमशः २०६८, २०७०), त्रिचन्द्र तथा पद्मकन्याका साहित्य निकायलगायत विभिन्न संस्थाहरूद्वारा सम्मानित हुनुहुन्छ । उहाँ साझा प्रकाशनका पूर्वसञ्चालक (२०४८-५४) तथा पूर्वप्रज्ञासभासद् (२०५६-६१) पनि हुनुहुन्छ । उहाँ कतिपय पत्रपत्रिकाका सम्पादक तथा कतिपय पत्रपत्रिका र ससंस्थाहरूका सल्लाहकार पनि हुनुहुन्छ । उहाँका फुटकर रचनामा कविता, निबन्ध, हास्यव्यङ्ग्य, आलोचना, लेख, खोज, टिप्पणी, भूमिका आदि यत्रतत्र प्रकाशित भइरहेछन् । उहाँका पुस्तकाकार कृतिमा उपन्यास- स्वर्णविम्ब (२०४८), कथासङ्ग्रह- नाच (२०५०), आलोचना- देवकोटाका प्रबन्धकाव्य (२०३८, परिमार्जित तथा परिवर्धित २०५६), आधुनिक आलोचना : अनेक रूप अनेक पठन (२०५०, परिमार्जित तथा परिवर्धित २०५९), पाश्चात्य महाकाव्य (२०५५), सिर्जनाको सुवास (२०५६), रचनाको रोमाञ्च (२०५६), प्राच्य महाकाव्य (२०५९), सुवर्णशमशेर : एक व्यक्ति, अनेक आयाम (सम्पादन २०५८), उत्तरआधुनिक जिज्ञासा (२०६४), उत्तरआधुनिक संवाद (२०६७), उत्तरसिद्धान्त (प्रस्तुत २०७१) हरू हुन् ।
Uttarsidhanta – Krishna Gautam

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    Land Lineage and State
    Remove
    Sankhejungako Ukalo
    Remove
    FORTUNES SOLDIER
    Remove
    Awaken the Giant Within
    Remove
    War of Lanka
    War of Lanka - Amish
    Qty: 1
    Price: 800
    Remove
    Biheko Nimta
    Remove
    Shop Ratna Online
    Right Menu Icon