एउटै तत्त्वबाट यो विविधतापूर्ण जगत्को आविर्भाव भएको हो । मानव जाति पहिला पहिला अनेक देवतामा विश्वास गर्थ्यो। प्राकृतिक पदार्थहरूमा उसले चेतना विद्यमान देख्यो । जब ज्ञान तिखारिंदै गयो तब उसलाई लाग्यो कि अन्तिम सत्य एउटै छ जसलाई पूर्वका केही आचार्यहरूले अद्वैत भने । मलाई लाग्छ कि विज्ञानको उदय हुनुभन्दा पहिला मानव मनीषीहरूले आविष्कार गरेको खँदिलो सत्य अद्वैत नै हो ।’
Adoit – Krishan Gautam
Reviews
There are no reviews yet