12 Khari Utkrista Katha – Nayan Raj Pandey

१२ खरी उत्कृष्ट कथा– नयनराज पाण्डे

625

Availability: 5 in stock

SKU: 12 Khari Utkrista Katha Categories: , Tags: ,

पारिबाट हान्निँदै आएको गोली, बङ्करको छेउ, बूढा दलजित सुब्बाको छातीमै लाग्यो । लछिमान जन्मिनुभन्दा अघि नै सैनिकमा भर्ती भएका यी बूढा जमदार अवकाशपछिका जीवनका योजना बनाइरहेका थिए । तर अब उनको आत्मा मात्रै रिटायर्ड भएर जाने भयो । आँखैअगाडि, अघिसम्म हाक्पारे बाँचिरहेका बूढा अरठ्ठो भइसकेका थिए । उनको शरीर हिउँ जस्तो चिसो थियो । उसले गोर्खाली वीरगाथालाई सर्लक्कै भुलाइदियो ।
– बूढो लाँकुरीको रूख
कुमारी आफ्नो आसनमा गएर बसिन् र छेउमा पुतली राखिन् । बाजेले कुमारीको आरती सुरू गरे । कुमारीले छेउको पुतली फुत्त तानिन् र पुतलीलाई आफ्नो सम्मुख फर्काएर दुई हातले माथि उचाल्दै जोडको खित्का छाडिन् । एक सुरमा आरती गरिरहेका बाजे झसङ्ग तर्सिए । डराएर कुमारीको अनुहारमा हेर्दै भने, ‘हे भवानी ! हे माजु ! कुन अनिष्टको सङ्केत हो यो ?
कुमारी
ऊ सानै छँदा त्यो चिउरीको जङ्गल उसका निम्ति सबैभन्दा प्रिय थियो । कसरी एकाएक उजाड हुन थालेछ ? तत्काल यस विषयको गहन अध्ययन गरेर समाधानका उपाय खोज्ने अठोट गर्दै ऊ बल्लबल्ल राति अबेरतिर निदाई ! बिहानीपख भालेको कुकुरी काँ सँगै ऊ जागी । पहिला जस्तो चमेराको चिंचिले मध्यरातमा जाग्नुपरेन । नजिकैको झ्यालबाट बाहिर चियाई, राक्सिराङलाई तुवाँलोको जालोले छोपेको थियो मज्जैले ।

12 Khari Utkrista Katha – Nayanraj Pande

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon