Sallipir – Nayan Raj Pandey (Bestseller) |
लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो ।आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् ।सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ ।
नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन् । समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका तीन कथासङ्ग्रह र सात उपन्यास प्रकाशित छन् ।
sabin.chhetri (verified) –
नयनराज पाण्डे मेरो मनपर्ने लेखक हुन् . उनको अरु उपन्यासहरु धेरै राम्रा लागेकाले, यो पनि राम्रो नै होला भनेर मैले रिस्क लिएको हो . चांडो डेलिभरी गरेको मा रत्न बुक्स लाइ धेरै धन्यवाद