योङये र उसका पति सामान्यजनमै पर्छन् । अफिसकर्मी पतिका आकाङ्क्षा साधारण र आचरण नबिझाउने छन् भने कर्तव्यपरायणा पत्नीको जीवन निरस छ । तर वानस्पतिक जीवन जिउने रहरमा योङ्येले एक्कासि विद्रोह गर्दा दाम्पत्यको सरल रेखा बिथोलिन्छ । उसको विद्रोहले झन् अनौठो र त्रासद आकार लिन थाल्छ । आफ्नै कायाको
कारागारबाट मुक्ति खोजिरहेकी योङ्येका सपना
झन् गाढा बन्छन् । असम्भव उन्मादको
इच्छा छ उसको- रुख बन्ने !
विद्रोह र निषेध, हिंसा तथा कामुकता एवम् स्वको जटिल रूपान्तरणबारे तीन खण्डमा लेखिएको सुन्दर र मनै बिथोल्ने उपन्यास हो- भेजिटेरियन ।
Vegetarian – Han Kang
Reviews
There are no reviews yet