Ujyalo Aunsi – Anita Koirala

उज्यालो औँसी– अनिता कोइराला

475

Out of stock

Restock Email Notification

SKU: Ujyalo Aunsi Categories: , Tag:

एक नवीन प्राप्ति
अनिता कोइरालाकृत नवीनतम आख्यान (डेब्यु नोवेल उज्यालो (औंसी) को पाण्डुलिपि पढ्ने सुयोग मिल्यो । यो विविध थिमले निर्मित रहेछ -हाम्रो परम्परित गाउँ समाज, त्यसमा नवनारीको आगमन पूर्वैदेखि समाजमा फैलिने क्रूर परिकल्पना र समाजले परिवारको मनमा भर्ने गरेका अनेक त्रासदी चित्र छन् । मूल पात्रको क्रमिक शिक्षाले, फराकिँदै गएको जीवन दृष्टि, यौवनको बतास, असल गुरुको सङ्गत, जीवनका अँध्यारामा आध्यात्मिक प्रकाश आदि कुरा आउँछन। एक प्रकार यो जीवनीपरक वर्णन हो, भिमानदेखि जनकपुर हुँदै काठमाडौं, मार्ग निर्देशक शिक्षा, गुरु र पछिका जीवन द्रष्टा भेटिन्छन्। तर रूढ समाजलाई अन्धविश्वासले कसरी चलाउँछ भन्ने प्रमाण छन् यहाँ । यो आख्यान आधी वास्तविक छ आधी फेन्टासी अर्थात् स्वैरकल्पना, स्वप्न र भ्रान्तिको प्रयोगले कलात्मक छ। भ्रूणावस्थाको स्मृति तथा चेतना जस्ता अलौकिकताले एक नवीन कला आरोपित छ । आदिदेखि अन्त्यसम्म आफ्ना कल्पनाका पिता साथै हुन्छन् । एक प्रकारले मायिक यथार्थको दृष्टिले पनि यसको विश्लेषण हुन्छ । अति भय र सन्त्रासले, व्यक्ति हत्या र सर्वनाशको कथाले गर्दा वर्तमान विश्वको छाया देखिन्छ। नेपालले पनि यो मृत्यु लीला देख्यो, भोग्यो । त्यसैले अनिता जस्ता समकालीन लेखकले त्यो सत्य प्रकट नगरी रहन सक्तैनन् । यसपालिको ऐंठन त्यसैको प्रतिबिम्ब हो। औपन्यासिक कला पक्रेको नारी उत्थानमा केन्द्रित यस आख्यानको भाषा आकर्षक छ, समाख्याताको बाल्यकालीन ग्राम्य चित्र बोकेको कथा विश्वसनीय र पठनीय छ ।

Ujyalo Aunsi – Anita Koirala

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    The Boy In The Stripped Pyjamas
    Remove
    Kalam ra Jutta
    Remove
    Draupadee Awashesh
    Remove
    Shop Ratna Online
    Right Menu Icon