Tuwara – Manoj Tharu

टुवारा – मनोज थारु

375

Availability: 5 in stock

SKU: Tuwara (RBD) Categories: , Tag:

सानो आँगनले भिड थेग्न सकिरहेको थिएन । त्यही बीचमा अधमरा हालतमा थिए- टुवरा, पतिया काका र माइला । टुवराको पैताला फुटेको थियो, पिडौँला र तिघ्राभरि निला सुम्ला बसेका थिए । भयङ्कर ठूलो अपराधीले मैं मुन्टो झुकाइरहेका उनीहरूको मुहारमा औधी पीडा प्रस्ट देखिन्थ्यो । मालिकको रहस्यमय मृत्युबारे एकछिन गाइँगुइँ चल्यो र भिड बिस्तारै पछि हट्यो । तर, अझै पनि गाउँमा प्रश्न र जिज्ञासाहरू बाँकी नै छन्।
तराईका टुवरा र कोहिल्या, पहाडको मान्ठा। यिनै पात्रमार्फत निमुखा निमोठ्ने सामन्ती जमातमाथि पुस्तकले धावा बोलेको छ । सहनशीलता पनि एक दिन विस्फोटक बन्न सक्ने चेतावनी छ । गणतन्त्र प्राप्तिमा भुइँमान्छे भनिएकाको झन् ठूलो योगदान रहेको सत्य बिर्सन दिएको छैन। थारू भाषा-संस्कृतिसँग साक्षात्कार गराउँदै आलुको कुचा, एक चिम्टी नुमैचाको पृथक् स्वाद पस्किएको छ उपन्यासले। धेरैभन्दा धेरै कलमबाट अझ लेखिनुपर्छ हाम्रा सांस्कृतिक विविधता दर्शाउने कथा अनि यस्तै पिँधमा पारिएका सिङ्गो समाजको व्यथा।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon