तुइन यस्तो एउटा मौलिक स्वादको कथा हो, जसलाई समर्पणको पानामा लेखियो ।
तुइन यस्तो एउटा मर्म छुने कथा हो, जसलाई आँसुको मसीले लेखियो !
एउटा जुम्ली ठिटो भूमिराजले सिङ्गो कर्नालीलाई नै समृद्ध बनाउने सपना देख्छ र त्यही सपना टिप्ने अठोटसहित ऊ चुनौतीको रापिलो भुङ्ग्रोमाथि हिँड्न राजी हुन्छ । यो उपन्यास विकासको मूलप्रवाहबाट किनारीकृत कर्नालीको वास्तविकता देखाउने ऐना हो । कर्नालीबासीको पुर्पुरोमा थुप्रिएका दुख्खै दुख्खका चाङलाई यतिका वर्षसम्म कर्नालीकै हल्कोले बगाउन किन नसकेको होला भन्ने जिज्ञासाको काव्यिक जवाफ पनि हो ।
तुइन दशवर्षे सशस्त्र द्वन्द्वले निमोठेको प्रेम र सपनाको कथा मात्रै होइन, नेपाल र नेपालीले भोगेको एउटा कहालीलाग्दो कालखण्डको गाढा तस्बिर पनि हो ।
Tuin – Suresh Pranjali
तुइन– सुरेश प्राञ्जली
- Year: 2070 BS
- Edition: 1
- 208 pages
- Paperback
₨498
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.


Reviews
There are no reviews yet