Tamasoma Jyotirgamaya – Binod Dixit

तमसोमा ज्योतिर्गमय – विनोद दीक्षित

350

Availability: 5 in stock

SKU: Tamasoma Jyotirgamaya (RBD) Categories: , Tags: ,

Tamasoma Jyotirgamaya – Binod Dixit |

यो यात्राकथाको दृश्यमा अमेरिका छ– आफ्नो चमत्कारिक भौतिक विकास, विशालकाय भूगोल, आश्चर्यजनक वैज्ञानिक उपलब्धि, विविधतायुक्त समाज र त्यसभित्र व्याप्त व्यक्तिको स्वतन्त्रता भोग र उसका लागि उपलब्ध अनन्त सम्भावना बोकेर उभिएको देशका रूपमा । यसको दृश्यमा अस्तित्वको निम्ति कठिन सङ्घर्ष र पहिचानको रक्षा गर्दै गरेको अमेरिका भित्रको एउटा नेपाली समाज छ । यो दृश्यपटमा विपुल समृद्धिसँगै टाँसिएको गरिबी, स्वतन्त्रताको रागसँगै मिसिएको श्वेत-अश्वेत विभेदको कर्कश ध्वनि तथा हिंसा र युद्धविभीषिकाका रक्तिम छिटाहरू पनि छन् ।
– महेश आचार्य

अग्रज कथाकार विनोद दीक्षित नेपाली साहित्यका एक रोचक। अध्ययनशील, जागरूक र सचेत नियात्राकार हुन् । यस पुस्तकमा उनले आफ्नो अमेरिका यात्रालाई चित्ताकर्षक लेखनशैलीका माध्यमबाट शब्दहरूमा बाँध्ने प्रयत्न गरेका छन्, जो स्तुत्य छ । जीवित र यथार्थ पात्रसँगको साक्षात्कारलाई पाठकसम्म इमानदारीका साथ पुऱ्याउन उनको प्रमुख विशेषता हो । यो पुस्तक उनको शब्द सामर्थ्यको अप्रतिम उदाहरण हो।
– शैलेन्द्र साकार

एउटा यात्रा रचनामा सिङ्गो कथाको रोचकता, एउटा सिङ्गो कथा सिर्जनामा विहङ्म आख्यानको विशेषता बोकेका सर्जक विनोद दीक्षितको प्रस्तुत अमेरिका यात्राकथा समकालीन नेपाली यात्रा साहित्यका लागि विशिष्ट उपलब्धि मान्नु यस कृति पठनपछिको मेरो स्वतन्त्र निष्कर्ष हो ।
– रोशन थापा नीरव

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Asahamati
    Asahamati 4 - Saurav
    Qty: 1
    Price: 700
    Remove
    Shop Ratna Online
    Right Menu Icon