शिरीषको फूल उपन्यासका लागि मदन पुरस्कार पाएकी सशक्त लेखक पारिजात आफ्नो समयमा सधैं नेपाली साहित्यको केन्द्रमा रहिन् । वाम राजनीतिमा प्रवेशका कारण होस्, आफ्नै उपन्यास च्यातिदिए हुन्छ, जलाइदिए हुन्छ भनेर होस्, मोदनाथ प्रश्रितसँगको साइलक काण्डकै कारण होस्, जनआन्दोलनमा संलग्नताका कारण होस् वा प्राज्ञिक आन्दोलनको नेतृत्वकै विषयमा किन नहोस्, उनी कहिले के त कहिले के विषयमा चर्चाको चुलीमा रहिरहिन् ।
आजीवन लेखनको क्षेत्रमै समय बिताएकी उनले उपन्यास, कथा, कविता र बेजोडा आत्मसंस्मरणमार्फत पाठकलाई आकर्षित गरिरहिन् । नियमित स्तम्भ लेखनका माध्यमबाट पाठक – शुभेच्छुकसँग संवाद पनि गरिरहिन् । यिनै विलक्षणप्रतिभा पारिजातको सम्पूर्ण पक्ष केलाउँदै लामो समय लगाएर गोविन्द गिरी प्रेरणाले लेखेको पुस्तक हो, सुश्री पारिजात । यसअघि आधिकारिक जन्ममितिसहित पारिजातमाथि यति विस्तृत जीवनी सायदै प्रकाशन भएको थियो । पारिजातप्रति रुचि राख्ने अध्येता, अनुसन्धाता एवम् विज्ञ सबैका लागि पुस्तकले विशेष दिग्दर्शन गराउँछ । तत्कालीन समयको साहित्यको अनौपचारिक इतिहाससमेत प्रस्तुत गर्छ ।
Sushree Parijat – Govinda Giri Prerana





Reviews
There are no reviews yet