Sthaniya Sarkar (Apeksha ra Awastha) – Kabita Dhungana

स्थानीय सरकार अपेक्षा र अवस्था– कविता ढुंगाला

499

Out of stock

Restock Email Notification

SKU: Sthaniya Sarkar (Apeksha ra Awastha) Categories: , Tag:

■ २०७४ को स्थानीय निर्वाचनमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा उपप्रमुख पदमा निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की युवा नेता कविता ढुंगानाले स्थानीय सरकारको नेतृत्वका क्रममा आफूले हासिल गरेका अनुभवको विश्लेषणात्मक कृतिका रूपमा ‘स्थानीय सरकार : अपेक्षा र अवस्था’ पुस्तक प्रकाशन गर्न लाग्नुभएकोमा मलाई अत्यन्तै खुसी लागेको छ ।
ढुंगानाद्वारा लिखित पुस्तकले सङ्घीयताको सैद्धान्तिक, राजनीतिक, नीतिगत एवं व्यावहारिक अवधारणा र अभ्यासका निम्ति महत्त्वपूर्ण दिशाबोध गर्न सहयोग पुऱ्याउनेछ। साथै स्थानीय सरकारको अवस्था र जनताको अपेक्षाबीच तादाम्यता कायम गर्न खेल्नुपर्ने भूमिकामा सकारात्मक योगदान गर्नेछ । परिवर्तनका एजेन्डामाथि विभ्रम सिर्जना गर्ने विनिर्माणवादी सोच र प्रवृत्ति पराजित गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने कार्यभारलाई पुस्तकले केही हदसम्म परिपूरण गर्ने मैले विश्वास लिएको छु । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री
■ उच्च तहका दलका नेता र पूरै राज्यले विस्तारै बिर्संदै गएको हाम्रो सङ्घीय संरचनामा स्वायत्त इलाका, संरक्षित क्षेत्र, विशेष क्षेत्रको औचित्य र भूमिकालाई लेखकले पुस्तकमा उठाउनुभएकोमा म असाध्यै हर्षित छु र उहाँलाई विशेष धन्यवाद ।
सङ्घीयता विरोधी र केन्द्रीकृत राज्यसंरचनामा अभ्यस्तले लगाउने गरेका आक्षेप (‘छोटे राजा’, ‘डोजरे विकास’) र स्थानीय तहमा भएका महिला र दलितको न्यायपूर्ण तर अझै अपूर्ण प्रतिनिधित्वमाथि गरिने कटाक्षको पनि उहाँले विनम्रतापूर्वक जवाफ दिनुभएको छ । स्थानीय तहको संवैधानिक अधिकार र संरचना, स्थानीय सरकारको बजेट निर्माण प्रक्रिया, जनप्रतिनिधि र विशेषतः उपप्रमुखको भूमिका, विकास निर्माणको प्रवृत्ति र समस्या आदिबारे उहाँले प्रस्तुत गरेका तथ्य र तथ्याङ्क देशभरका स्थानीय जनप्रतिनिधि र आम जनसमुदायका निम्ति उपयोगी सन्दर्भ सामग्री हुन सक्छन् ।
डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री

Sthaniya Sarkar (Apeksha ra Awastha) – Kabita Dhungana

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

15
    15
    Your Cart
    Death Comes as the End
    Remove
    Nepali Musicmakers
    Remove
    Naulakha Lok Katha Sangraha
    Remove
    Bancheko Yug Mareko Manchhe
    Remove
    Old Path White Clouds
    Remove
    Nuri
    Nuri - J.B. Darlami
    Qty: 1
    Price: 395
    Remove
    Life And Death In One Breath
    Remove
    Aamababuka Prashna
    Aamababuka Prashna - Gijubhai
    Qty: 1
    Price: 299
    Remove
    Balsansar
    Balsansar - Gijubhai
    Qty: 1
    Price: 299
    Remove
    Road to Better Habits
    Remove
    Shop Ratna Online
    Right Menu Icon